धितोपत्र बोर्डकाे अध्यक्षमा पाँच जनाको नाम छनाेट

Advertisement

काठमाडौं । नेपाल धितोपत्र बोर्डमा रिक्त अध्यक्ष पदमा आवेदन दिएकामध्ये पाँच जना छनौटको सूचीमा परेका छन् । छनौट सूचीमा पर्नेमा कृष्णबहादुर कार्की, चीरञ्जीवी चापागाईं, डा.नवराज अधिकारी, मुक्ति श्रेष्ठ र सन्तोष श्रेष्ठ छन् । 

छनोटमा परेकामध्ये कार्की नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत, चापागाईं बीमा समितिका पूर्वअध्यक्ष, अधिकारी र मुक्ति श्रेष्ठ बोर्डकै कार्यकारी निर्देशक हुन् ।

Advertisement

अध्यक्षबाट रमेश हमाल बाहिरिएपछि बोर्ड सञ्चालक समितिले अध्यक्षका लागि आवेदन मागेको थियो ।

छनोटमा परेका मध्येबाट तीन जनाको नाम मन्त्रिपरिषद्‍मा सिफारिस हुनेछ । तीनमध्ये एक जनालाई मन्त्रिपरिषद्ले चार वर्षका लागि धितोपत्र बोर्ड अध्यक्ष नियुक्त गर्नेछ ।

Advertisement

Advertisement