प्रभु बैंकले वैशाख २० गतेका लागि बोलायो साधारणसभा, बुकक्लोज कहिले ?

Advertisement

काठमाडौं । प्रभु बैंक लिमिटेको २२औं वार्षिक साधारणसभा आगामी वैशाख २० गते बस्ने भएको छ । चैत २३ गते बसेको सञ्चालक समितिको बैठकले वैशाख २० गतेका लागि सभा बोलाएको हो । 

सभा, बबरमहलस्थित बैंकको केन्द्रीय कार्यालयमा बस्नेछ । 

Advertisement

सभाले गत आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको प्रतिवेदनमाथि छलफल गरी पारित गर्नेछ । 

त्यस्तै, सभाले लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७९/८० को वासलात, नाफानोक्सान हिसाब र नगद प्रवाहलगायतका विषयमा छलफल गरी पारित गर्नेछ । साथै, चालू आवका लागि लेखापरीक्षक नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव र सञ्चालकहरूको नियुक्ति अनुमोदनको प्रस्ताव पारित गर्नेछ । 

सभा प्रयोजनका लागि बैंकले वैशाख ४ गते बुक क्लोज गर्ने भएको छ । यसर्थ वैशाख ३ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीले मात्रै सभामा भाग लिन पाउनेछन् । 

Advertisement

Advertisement