पन्ध्र दिनभित्र पेस्की रकम फर्छ्योट गर्न आउन काठमाडौं महानगरपालिकाको ताकेता

Advertisement

काठमाडौं । काठमाडौं महानगरपालिकाले विभिन्न व्यक्ति तथा संघसंस्थालाई पेस्की रकम फर्छ्योट गर्न आउने भनेको छ । 

महानगपालिकाले विभिन्न मितिमा विभिन्न व्यक्ति, संघसंसथ, निर्माण व्यवसायी, उपभोक्ता समिति, गैरसरकारी संस्था तथा सरकारी कार्यालयलगायतले लिएको पेस्की रकम फर्छ्योट गर्न ताकेता गरेको हो । 

Advertisement

सम्बन्धित व्यक्ति वा संस्थाले १५ दिनभित्र फर्छ्योट गरिसक्नुपर्ने महानगरपालिकाले जनाएको छ । 

सो अवधिमा फस्र्योट नगरे सम्बद्ध व्यक्ति वा संघसंस्था तथा निकायको नामनामेसोसहित सार्वजनिक सूचना प्रकाशन गर्ने महानगरपालिकाले चेतावनीसमेत दिएको छ । 

साथै, बाँकी रहेको पेस्की रकम कानुनबमोजि असुलउपर गर्ने पनि महानगपालिकाले जनाएको छ । 

undefined

Advertisement