लाभांश प्रस्तावसहित नेपाल पुनर्बीमा कम्पनीले बोलायो साधारणसभा

Advertisement

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले नवौं वार्षिक साधारणसभा डाकेको छ । 

सभा जेठ १७ गते काठमाडौंको बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्डमा बिहान ९ः३० बजेदेखि सुरु हुनेछ । 

Advertisement

सभाले गत आर्थिक वर्षको सञ्चालक समितिको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नेछ । त्यस्तै, लेखापरीक्षकको प्रतिवेदनसहित गत आवको वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र वित्तीय विवरणसँग सम्बन्धित अनुसूची छलफल गरी पारित गर्ने एजेन्डा रहेको छ ।

सभाले कम्पनीको चुक्ता पूँजीको ०.२५ (शून्य दशमलव दुई पाँच) प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) र ४.७५ बोनस शेयर वितरण गर्न स्वीकृति प्रदान गर्ने प्रस्ताव पनि पारित गर्नेछ । 

सभा प्रयोजनार्थ कम्पनीले जेठ ६ गते बुकक्लोज गर्ने निर्णय गरेको छ । तसर्थ, जेठ ५ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनी मात्रै उक्त सभामा सहभागी हुन र प्रस्तावित  लाभांश पाउन योग्य हुनेछन् । 

Advertisement

Advertisement