सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले पाँच अर्बको ‘नागरिक बचतपत्र–२०८६’ निष्कासन गर्दै

Advertisement

काठमाडौं । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले ‘नागरिक बचतपत्र–२०८६’ निष्कासन गर्ने भएको छ । 

कार्यालयले पाँच वर्षे अवधिको पाँच अर्ब रुपियाँको बचतपत्र निष्कासन गर्न लागेको हो । 

Advertisement

नेपाली तथा गैरआवासीय नेपाली नागरिकले समेत खरिद नगैृ पाउने यो बचतपत्रको ब्याजदर भने आठ प्रतिशत रहनेछ । ब्याज अर्धवार्षिक रूपमा भुक्तानी गरिने बताइएको छ । 

इच्छुक व्यक्तिले घटीमा १० हजार बढीमा कुल निष्कासित रकमको १० हजारले भाग गर्दा निःशेष भाग जाने अंकबराबर खरिद गर्न सक्नेछन् । साथै, यो बचतपत्र धितो राखी बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिन र जुनसुकै बेला दोस्रो बजारमाफृत खरिदबिक्रीसमेत गर्न सकिने कार्यालयले जनाएको छ ।

यस बचतपत्रको बिक्री यही वैशाख ३० गतेदेखि जेठ ३० गतेसम्म खुला हुनेछ भने निष्कासन असार ४ गते हुनेछ । साथै, साँवा भुक्तानी २०८६ असार ४ गते नै हुने बताइएको छ । 

Advertisement

Advertisement