हाथवे इन्भेष्टमेन्टको खुद नाफा धनात्मक, यस्ता छन् अन्य वित्तीय सूचक

Advertisement

काठमाडौं । चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्मा हाथवे इन्भेष्टमेन्टको खुद नाफा धनात्मक भएको छ । 

गत आवको तेस्रो त्रैमाससम्ममा एक करोड २२ लाख रुपियाँ ऋणात्मक रहेको कम्पनीको खुद नाफा समीक्षा अवधिमा सात करोड ५० लाख रुपियाँ धनात्मक भएको छ ।

Advertisement

त्यस्तै, कम्पनीको सञ्चालन आम्दानी पनि उल्लेख्य रूपमा बढेको छ । चालू आवको चैत मसान्तसम्म कम्पनीको सञ्चालन आम्दानी २३ करोड ३९ लाख रुपियाँ रहेको छ । यो गत आवको सोही अवधिको तुलनामा १०४.६४ प्रतिशत बढी हो । गत आवमा  कम्पनीको यस्तो आम्दानी ११ करोड ४३ लाख रुपियाँ थियो ।आम्दानी बढेसँगै कम्पनी पनि नाफामा पुगेको छ ।

त्यसैगरी, कुल आम्दानी ८९.२० प्रतिशतले बढेको छ भने कुल खर्च १२.४३ प्रतिशत घटेको छ ।

चालू आवको चैत मसान्तसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी ३.८९ रुपियाँ, प्रतिशेयर नेटवर्थ ७७.६२ रुपियाँ र मूल्य आम्दानी अनुपात २२२.०३ गुणा रहेको छ ।

एक अर्ब २८ करोड ७० लाख रुपियाँ चुक्ता पुँजी रहेको यस कम्पनीको रिटेन्ड अर्निङ ३६ करोड ३२ लाख रुपियाँ रहेको वित्तीय विवरणमा उल्लेख छ ।

Advertisement

Advertisement