हिमालय एअरलाइन्स्को वार्षिक ‘स्टेप टुवार्डस् एजुकेसन’ अभियान

Advertisement

काठमाडौं । हिमालय एअरलाइन्स्को संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत प्रयास नेपाल नामक संस्थालाई यस बर्ष पनि सहयोग जारी राखेको छ । एअरलाइन्स्ले ‘स्टेप टुवार्डस् एजुकेसन’ अभियानअन्तर्गत प्रयास नेपाललाई आफ्नो वार्षिक योगदानलाई जारी राखेको हो । 

सन् २०१७ देखि संस्थागत सामाजिक उत्तरदायित्व निर्वाह गर्ने क्रममा विपन्न तथा अनाथ बालबालिकालाई शिक्षाको माध्यमबाट सशक्तीकरण गरेको कम्पनीको भनाई छ । यस वर्ष शैक्षिक सत्रको प्रारम्भमै अप्रिल १०, २०२४ मा वार्षिक गतिविधि सञ्चालन गरेको भन्दै एयरलाइन्सले यस अवसरमा ब्रान्ड विभाग प्रमुख उज्ज्वला दलीले प्रयास नेपालका बालबालिकाहरूलाई विभिन्न कक्षाका लागि पाठ्यपुस्तक, नोटबुक, स्कुल झोला र स्कुल जुत्ता लगायतका आवश्यक शैक्षिक सामग्री हस्तान्तरण गरेको जानकारी गराएको छ । 

Advertisement

वार्षिक सहायताका अतिरिक्त, बालबालिकाको ज्ञान अभिवृद्धि गर्न र उड्डयन इतिहासको जानकारी गराउन सिनामंगलस्थित उड्डयन संग्रहालयको स्थलगत भ्रमण गराएको, विपन्न तथा अनाथ बालबालिकालाई उड्डयनको संसार चिनाउने प्रत्यक्ष अवसर प्रदान गर्ने उनीहरूको जिज्ञासालाई प्रज्वलित गर्ने काम गरेको भन्दै कम्पनीले परम्परागत कक्षाकोठाको सिकाइभन्दा बाहिर तिनीहरूको क्षितिज फराकिलो बनाउने लक्ष्यका साथ यो गरिएको बताएको छ । 

हिमालय एअरलाइन्स् नेपाल–तिब्बतबीचको संयुक्त साझेदारी कम्पनीका रूपमा स्थापित अन्तर्राष्ट्रिय विमान कम्पनी हो, जसको स्थापना सन् २०१४ मा भएको थियो । हिमालय एअरलाइन्स्सँग हाल ४ वटा विमानहरू छन्, जसमा तीन एयरबस ३२० – २१४ (१८० मितव्ययी सीटहरू) र एक एयरबस ३१९–११५ (१४४ मितव्ययी सीटहरू) रहेका छन् । हिमालय एअरलाइन्स््ले हाल मध्यपूर्व र दक्षिण एशियाका प्रमुख राष्ट्रहरू – संयुक्त अरब इमिरेट्स, मलेसिया, कतार, साउदी अरेबिया, कुवेत, बङ्गलादेश र चीनमा यात्रुवाहक उडानहरू सञ्चालन गरिरहेको छ । 

Advertisement