अर्थतन्त्रको चुनौति र समस्या समाधान मल्हमपट्टीले हुन्न,  ठूलो शल्यक्रियाको खाँचो छः अग्रवाल

Advertisement

नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले अर्थतन्त्रमा चौतर्फी चुनौति र समस्या रहेको बताएका छन् । यी चुनौति र समस्या समाधानका लागि ठूलो शल्यक्रियाको खाँचो भएपनि मल्हमपट्टी गरेर शिथिल अर्थतन्त्र उकास्न सोचाईले सही काम नगर्ने बताएका हुन् ।  

मंगलवार परिसंघको २१औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै अध्यक्ष अग्रवालले यस्तो बताएका हुन् । अध्यक्ष अग्रवालले मुलुकमा उद्योग व्यवसयालाई प्रोत्साहन नगर्दा देशभित्र रोजगारका अवसर सिर्जना हुन नसकेको बताए । 

Advertisement

साथै उद्योगहरुमा दैनिक १६ घण्टासम्म लोडसेडिङ्ग हुने गरेको भन्दै सरकारको ध्यानाकर्षण गराए । पछिल्ला केही महिनादेखि उद्योगहरुमा गरिएको अघोषित लोडसेडिङ्गले उद्योगीहरु थप मर्माहत भएको बताए । एकातिर विद्युत खपत बढाउन नेपाल विद्युत प्राधिकरण लागिरहेको र अर्कोतर्फ धेरै विद्युत खपत गरिरहेका उद्योगहरुमा १६ घण्टासम्म लोडसेडिङ्ग गराउने काम भइरहेको बताए । उनले सरकारको यो कस्तो नीति हो ? भन्दै प्रश्न गरे । 

विद्युत प्राधिकरणले अहिले विद्युत आयात गर्दा महंगो पर्ने भनिरहेको भन्दै केही समय आयात गर्दा प्राधिकरणलाई केही घाटा भएपनि विद्युत उपलब्ध भए समग्र अर्थतन्त्रको विकासमा योगदान पुग्ने बताए । महंगो दरमा आयात गरेर भएपनि उद्योगहरुलाई विद्युत उपलब्ध गराउन माग गरे । उनले समग्र बजारमा सुधार आउन नसक्दा कम उत्पादन गरिरहेका उद्योगहरुको उत्पादन लागत बढिरहेको बताए । 

Advertisement

Advertisement