प्रभु महालक्ष्मीको एक लाख ९० हजार संस्थापक शेयर बिक्रीमा

Advertisement

काठमाडौं । प्रभु महालक्ष्मी इन्स्योरेन्सले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । 

कम्पनीले सनराइज हाेल्डिंग्सको स्वामित्वमा रहेको एक लाख ९० हजार ७०० सय कित्ता शेयर बिक्रीमा ल्याएको हो ।

Advertisement

हाल यस शेयरमा विद्यमान शेयरधनीले मात्रै खरिद आवेदन दिन पाउनेछन् । इच्छुक शेयरधनीले आवश्यक कागजातसहित ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय कमलादी, काठमाडौंमा निवेदन दिनुपर्नेछ । 

सो समयभित्र संस्थापक शेयरधनीबाट आवेदन नपरे सो शेयर अन्य व्यक्ति तथा संघसंस्थालाई बिक्री गरिने कम्पनीले जनाएको छ । 

Advertisement

Advertisement