लिवर्टी माइक्रो लाइफले कमायो साढे ८७ लाख, बीमाशुल्क संकलन कति ?

Advertisement

काठमाडौं । चालु आर्थिक बर्ष २०८०–८१ को नौ महिनामा लिवर्टी माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले ८७ लाख ४२ हजार रुपियाँ खुद नाफा कमाएको छ । कम्पनीले बिहीबार सार्वजनिक गरेको चालु आवको तेस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो । 

यो कम्पनी चालु आवदेखि सञ्चालनमा आएको थियो । कम्पनीको यो नाफाअनुसार प्रतिशेयर आम्दानी २.२२ रुपियाँ हुने देखिन्छ । हाल कम्पनीको चुक्तापुँजी ५२ करोड ५० लाख रुपियाँ अर्थात् ५२ लाख ५० हजार कित्ता शेयर छ । यो संस्थापक शेयर हो । कम्पनीले सर्वसाधारण शेयर (आईपीओ) जारी गर्न भने बाँकी छ । 

Advertisement

समीक्षा अवधीमा कम्पनीले एक करोड दुई लाख १३ हजार रुपियाँ कुल बीमाशुल्क संकलन गरेको छ । यो बाहेक कम्पनीसँग दुई लाख ४१ हजार रुपियाँ एकल बीमाशुल्क रहेको छ । 

तथ्यांकअनुसार नौ महिनामा लिवर्टीमा दुई हजार ६१६ जनाले बीमा गरेको देखिन्छ । यसैगरि कम्पनीले ५० करोड ७१ लाख ४७ हजार रुपियाँ दीर्घकालिन लगानी गरेको देखिन्छ । त्यसमा अधिकांश पैसा बैंकको मुद्दती निक्षेपमा रहेको छ । लगानीबाट कम्पनीले समीक्षा अवधीमा तीन करोड ५० लाख ४२ हजार रुपियाँ आम्दानी गरेको छ । 

Advertisement

Advertisement