नौ महिनामा राष्ट्रिय बीमा कम्पनीको नाफा २५ प्रतिशतले घट्यो

Advertisement

काठमाडौं । राष्ट्रिय बीमा कम्पनीले चालु आर्थिक बर्ष २०८०–८१ को अघिल्लो नौ महिनामा ५१ करोड ६३ लाख ३६ हजार रुपियाँ खुद नाफा कमाएको छ । कम्पनीले बिहीबार सार्वजनिक गरेको चालु आवको तेस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।

यद्यपि, यस अवधीमा कम्पनीको नाफा २५ प्रतिशतले घटेको छ । गत आवको ९ महिनामा कम्पनीले ६८ करोड ६४ लाख ३७ हजार रुपियाँ नाफा कमाएको थियो ।

Advertisement

बीमांकी मूल्यांकनपछि कम्पनीको नाफा थप बढ्नेछ । बीमांकीय मूल्यांकनका क्रममा बीमा कोषको १० प्रतिशतसम्म रकम नाफा–नोक्सान खातामा सार्न सकिन्छ । त्योअनुसार कम्पनीको नाफा बढ्नसक्ने संभावना छ । 

हाल कम्पनीको चुक्तापुँजी २६ करोड ६६ लाख ३९ हजार रुपियाँ मात्रै छ । त्योअनुसार कम्पनीको प्रतिशेयर आम्दानी २५८.१९ रुपियाँ हुने देखिन्छ । कम्पनीको नेटवर्थ भने १६११.२९ रहेको छ । यसैगरि मुल्य आम्दानी अनुपात ५१.२९ र प्रतिशेयर कुल सम्पत्तिको मूल्य २८५३.१८ रहेको तथ्यांकमा उल्लेख छ ।

समीक्षा अवधीमा कम्पनीको कुल बीमाशुल्क आर्जन एक अर्ब १५ करोड ४७ लाख रुपियाँ रहेको छ । कम्पनीको बीमाशुल्क संकलन पनि ४३ प्रतिशतले घटेको छ । गत आवको सोही अवधीमा कम्पनीले दुई अर्ब दुई करोड ३० लाख रुपियाँ बीमाशुल्क संकलन गरेको थियो । 

हाल राष्ट्रिय बीमा कम्पनीसँग एक लाख ७६ हजार १७२ वटा बीमा पोलिसी सक्रिय छन् । समीक्षा अवधीमा कम्पनीको दीर्घकालिन तथा अल्पकालिन लगानी भने बढेको छ । कम्पनीको दीर्घकालिन लगानी ३५ प्रतिशतले बढेर एक अर्ब ३४ करोड २० लाख रुपियाँ पुगेको छ । गत आवको सोही अवधीमा कम्पनीले ९९ करोड १६ लाख बराबरको दीर्घकालिन लगानी गरेको थियो ।

यसैगरि, कम्पनीको अल्पकालिन लगानी भने ५ प्रतिशतले बढेको छ । गत आवको चैत महिनासम्म कम्पनीले ६ अर्ब ४५ करोड अल्पकालिन लगानी गरेको थियो । अहिले त्यो ६ अर्ब ७६ करोड रुपियाँ पुगेको कम्पनीको तथ्यांकले पुष्टी गरेको छ ।

Advertisement

Advertisement