ऋषि ट्रेड सेन्टरद्वारा सीएफ मोटोको टेस्ट ड्राइभ तथा बुकिङ खुला

Advertisement

काठमाडौं । दुई पाङ्गे ब्राण्ड सीएफ मोटो तथा जीहो ब्रान्डका नेपालको लागि आधिकारिक वितरक रिलायन्स ग्रुप अन्तरगतको ऋषि ट्रेड सेन्टरले विभिन्न मोडलहरु सार्वजनिक गरेसँगै ट्रेष्ट ड्राइभ तथा बुकिङ्ग खुल्ला गरेको छ ।

सीएफ मोटाको एनके२५०, एसआर२५०, एनके४५० तथा जीहोको एई६एलआर (डबल ब्याट्री) र सिटी स्पोर्टस मोडलहरु सार्वजनिक गरे सँगै ट्रेष्ट ड्राइभ तथा बुकिङ्ग खुल्ला गरेको हो ।

Advertisement

सीएफ मोटोको उत्पादनहरुलाई उत्कृष्ट विक्री वितरण, सहज स्पेयर पार्टसको उपलब्धता, बिक्री पछिको सेवा र ग्राहकहरुलाई सहज सेवा सुविधा दिने हेतुले रिलायन्स ग्रुप सीएफ मोटो तथा जीहोलाई नयाँ रुपमा विक्री वितरणको रणनीतिसहित नयाँ आधिकारिक बिक्रेताको रुपमा छनोट भएको हो । 

यी उत्पादनहरुको टेस्ट ड्राइभ तथा बुकिङ्ग गर्न कम्पनीको नक्साल झम्सीखेल तथा सल्लाघारी स्थित आधिकारिक शोरुममा गर्न सकिने जानकारी कम्पनीले जनाएको छ ।
 

Advertisement

Advertisement