सरकारले पाउने रोयल्टी २९.३० प्रतिशतले बढ्यो, विद्युतबाट सबैभन्दा धेरै

Advertisement

काठमाडौं । चालु आर्थिक बर्ष २०८०–८१ को आठ महिनामा सरकारलाई जलविद्युत् परियोजना, पर्यटन, वन लगायतका माध्यमबाट प्राप्त हुने रोयल्टी २९.३ प्रतिशतले बढेको छ । अर्थ मन्त्रालयले आइतबार सार्वजनिक गरेको चालु आवको आर्थिक सर्वेक्षण प्रतिवेदनले यस्तो देखाएको हो । 

प्रतिवेदनमा फागुन मसान्तसम्मको तथ्यांक समावेश छ । गत आवको फागुन मसान्तसम्म यस्तो रोयल्टी संकलन एक अर्ब ६४ करोड १० लाख रुपियाँ रहेको थियो । चालु आवको समीक्षा अवधीमा त्यो दुई अर्ब १२ करोड छ लाख रुपियाँ पुगेको छ ।

Advertisement

गत आवभरमा छ अर्ब आठ करोड आठ लाख रुपियाँ र अघिल्लो आव २०७८–७९ मा छ अर्ब २८ करोड ३४ लाख रुपियाँ रोयल्टी उठेको थियो । समीक्षा अवधीमा विद्युत्बाट मात्रै एक अर्ब सात करोड दुई लाख रुपियाँ रोयल्टी प्राप्त भएको छ । तथ्यांकअनुसार ऊर्जा क्षेत्रले सबै भन्दा धेरै रोयल्टी बुझाउँदै आएको छ । 

यसैगरि पर्वतारोहणबाट १९ करोड ५९ लाख रुपियाँ, वनबाट ४४ करोड ७९ लाख रुपियाँ, खानी तथा खनिजबाट ४० करोड ४८ लाख रुपियाँ र पानी तथा अन्य प्राकृतिक स्रोतबाट १८ लाख रुपियाँ रोयल्टी उठेको छ ।

Advertisement

Advertisement