छाला जुत्ता तथा वस्तु प्रर्दशनी भृकुटीमण्डपमा सुरु

Advertisement

काठमाडौं । राजधानीको भृकुटीमण्डपमा मंगलबारबाट अर्को छाला जुत्ता तथा वस्तु प्रर्दशनी सुरु भएको छ । नेपाल छाला जुत्ता उत्पादक संघको आयोजनामा भएको यो पाँचौं प्रर्दशनी हो । मेलाको उदघाटन उद्योगमन्त्री सोमप्रसाद पाण्डेले गरेका हुन । 

बृहत राष्ट्रिय छाला जुत्ता तथा वस्तु प्रदर्शनी नाम दिइएको यो मेलाको नारा ‘कला र कौशल हाम्रो, नेपाली ब्राण्ड नै राम्रो’ रहेको छ । मेला फागुन १० गतेसम्म चल्नेछ । संघमा आवद्ध विभिन्न उद्योगहरुले आम उपभोक्ताको रुचीलाई मध्यनजर गर्दै उत्पादन गरेका जुत्तामा सतप्रतिशत छालाको जुत्ताहरु मेलामा राखिएको जनाइएको छ । 

Advertisement

मेलामा एकसय रुपियाँका चप्पलदेखि पाँच हजार रुपियाँसम्मका जुत्ताहरु रहेका छन् । कुल ४० वटा स्टलहरु रहेको मेलामा बिक्री गरिने जुत्ता चप्पलमा छ महिनासम्मको वारेन्टीको व्यवस्था गरिएको छ भने बिक्रीमा १५ देखि २५ प्रतिशतसम्म छुट दिने जनाइएको छ ।

संघले आफूसँग आवद्ध उद्योगीहरुले गुणस्तरीय कच्चा पदार्थ तथा दक्ष जनशक्ति प्रयोग गरी उत्पादन गरेका महिला तथा पुरुष र बच्चाका जुत्ता चप्पल, अल्लो तथा हेम्पद्धारा निर्मित वस्तुहरु गुणस्तरीय रहेको यो स्टल क्लियरिङ सेल मेला नभई स्वदेशी वस्तुहरुको प्रदर्शनी भएको बताएको छ । 

Advertisement

Advertisement