सामाजिक कार्यमा नागरिक लगानी कोष

Advertisement

काठमाडौं । नागरिक लगानी कोषले आफ्नो २६औं वार्षिकोत्सवको उपलक्ष्यमा शनिवार प्रभातफेरी र रक्तदान कार्यक्रमको आयोजना गर्यो । 

कोषको केन्द्रीय कार्यालय नयाँ बानेश्वरबाट निकालिएको प्रभातफेरी कोटेश्वर पुगेर पुनः कोषको कार्यालयमा फर्किएको थियो । कार्यक्रममा कोषका उच्च अधिकारीदेखि र कर्मचारीहरुको सहभागिता थियो । साथै, बार्षिकोत्सवकै अवसरमा आयोजित रक्तदान कार्यक्रममा कोषका कर्मचारीहरु सहभागी भएका थिए । 

Advertisement

 

Advertisement

Advertisement