भारतमा महंगी ४.८ प्रतिशत हुँदा नेपालमा १०.२ प्रतिशत

Advertisement

काठमाडौं । भारतको नाकाबन्दीका कारण ह्वात्तै बढेको मुद्रास्फीतिमा केही सुधार आएको छ । राष्ट्र बैंकले जारी गरेको फागुनसम्मको मुलुकको वित्तीय स्थितिमा मूल्यवृद्धिमा केही सुधार देखिए पनि यो अझै दोहोरो अंकमा रहेको छ । 

गएको पुससम्म १२.१ प्रतिशत रहेको मुद्रास्फीति फागुनमा १०.२ प्रतिशतमा झरेको हो । दक्षिण सीमा नाकाबाट इन्धनलगायत उपभोग्य वस्तुको आयात सहज बन्दै गएकोले महंगीमा केही सुधार आएको राष्ट्र बैंकको भनाई छ । 

Advertisement

फागुनसम्म दलहन र गेडागुडीको मुल्य ३१.६ प्रतिशत तथा ध्यु तेल १८.८ प्रतिशतले बढेको छ भने मसला र लत्ता कपडा तथा जुत्ताको मूल्य क्रमसः १६.६ र १५.३ प्रतिशतले बढेको छ । यस अवधिमा काठमाडौंको मूल्यवृद्धि १२.७ प्रतिशत छ भने पहाडमा १०.४ र हिमालमा आठ दशमलव पाँच प्रतिशत रहेको छ । अघिल्लो वर्ष काठमाडौं र पहाडमा सात दशमलव एक र तराईमा छ दशमलव नौ प्रतिशत मुद्रास्फीति थियो । 

फागुनमा भारतको बार्षिक विन्दुगत मुद्रास्फीति चार दशमलव आठ प्रतिशत मात्रै हुँदा नेपालमा भने १०.२ प्रतिशत रहेको छ । भारतसँग ६० प्रतिशतभन्दा बढी कारोबार गर्दै आएको नेपालमा भने पाँच दशमलव चार प्रतिशतको अन्तर देखिएको छ । यो गत वर्षको भन्दा निकै ठूलो अन्तर हो । गत वर्ष नेपालको सात प्रतिशत मुद्रास्फीति हुँदा भारतको पाँच दशमलव तीन प्रतिशत मात्रै थियो । 

Advertisement

Advertisement