जापानी लोकप्रिय 'फ्राइड चिकेन' 'तोयोकाराग्गे'को अर्को शाखा दरबारमार्गमा

Advertisement

काठमाडौं । जापानको प्रतिष्ठित र लोकप्रिय फ्राइड चिकेन तोयोकाराग्गेको चौथो शाखा राजधानीको मुट दरबारमार्गको शेर्पा मलमा सञ्चालनमा आएको छ । 

शाखाको नेपालका लागि जापानी राजदूत मासासी ओगावाले बुधबार उदघाटन गरेका हुन । रेष्टुरेन्ट व्यवसायका क्षेत्रमा नाम कमाएका क्याफेरिनाका सञ्चालक किशोर पाण्डेसँगको सहकार्यमा तोयोगाराग्गेको महाराजगञ्ज शाखाको समेत लगानीमा यस शाखा सञ्चालन गरिएको हो । 

Advertisement

जापानमा ३० वटा भन्दा बढी यस्ता रेष्टुरेन्ट सञ्चालन गर्दै आएको तोयोकाराग्गेको नेपालबाहेक अन्य मुलुकहरुमा समेत शाखाहरु रहेको छ । नेपालका लागि यसको आधिकारिक बिक्रेता जेएफसी नेपाल प्रालिका अध्यक्ष विनय उपाध्यायले पछिल्लो समयमा नेपालमा पनि तोयोकाराग्गेको लोकप्रियता र माग बढेको बताए । 

यसमा प्रयोग हुने चिकेन (कुखुराको मासु) नेपालकै हुने भए पनि यसलाई बनाउने मागदण्ड र मरमसला तथा अन्य स्वादहरु भने जापानबाट आउने गर्दछ । यसअघि तोयोकाराग्गेको शाखा थापाथली, भाटभटेनी र महाराजगञ्जमा सञ्चालनमा आइसकेको छ ।दरबारमाग शाखा ठूलो भएकोले यसमा एकैपटक तीनसयसम्म ग्राहकलाई सेवा दिन सकिने जनाइएको छ । 

Advertisement

Advertisement