जनताका आधारभूत आवश्यकता परिपूर्तिका परिसंघको अभियान

Advertisement

काठमाडौं । नेपाल उद्योग परिसंघले सबै तह र तप्काका आमनेपालीको दैनिक जनजिविकासँग प्रत्यक्ष सरोकार राख्ने पाँच आधारभूत आवश्यकता परिपूर्तिको सुनिश्चितताका लागि प्रतिवद्धता जनाउन हस्ताक्षर संकलन सुरु गरेको छ । 

परिसंघले शुक्रवार एक कार्यक्रम गरी यसको सुरुवात गरेको । “हाम्रो प्रतिवद्घताः सबै नेपालीका लागि” नाराका साथ सुरु गरिएको हस्ताक्षर अभियानको परिसंघका अध्यक्ष हरिभक्त शर्माले पाँच विषय विषयहरु लेखिएको ब्यानरमा हस्ताक्षर गरेर सुरु गरेका हुन । 

Advertisement

तीन पाँच विषयमा शान्ति र आर्थिक संमृद्घि, रोजगारी र विकास, शिक्षा र स्वास्थ्य, पानी र बिजुली, आत्मनिर्भरता र स्वाभिमान छन् । हस्ताक्षर कार्यक्रममा परिसंघका पदाधिकारी, राजनीतिक नेता, मन्त्री, उच्चपदस्थ सरकारी अधिकारी, कूटनीतिक नियोगका प्रतिनिधि, नागरिक समाजका अगुवा, सुरक्षा निकायका अधिकारी र निजी क्षेत्रका संघसंगठनसँग आवद्ध उद्योगी व्यवसायी सहभागी थिए । 

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, राष्ट्रिय योजना आयोगका उपाध्क्ष युवराज खतिवडा, नेपाल राष्ट्र बैंकका गभर्नर चिरञ्जिवी नेपाल, सभामुख ओनसरी घर्ती, पूर्वसंविधानसभा अध्यक्ष सुवाश नेम्वाङ, वाणिज्य मन्त्री जयन्त चन्द, मूख्यसचिव सोमलाल सुवेदीलगायतले व्यानरमा हस्ताक्षर गरेका थिए । 

परिसंघले आम सरोकारको यस विषयमा कम्तीमा १० लाखको प्रतिवद्धता र हस्ताक्षर संकलन गर्ने र त्यसलाई नीति निर्माणमार्फत कार्यान्वयनको तहसम्म पुर्याउने लक्ष्य लिएको अध्यक्ष शर्माले बताए । 

Advertisement

Advertisement