अन्तर्राष्ट्रिय दूरसञ्चार दिवसमा नेपाल टेलिकमको ‘नाइट डाटा प्याक’ अफर

Advertisement

काठमाडौं । अन्तर्राष्ट्रिय दूरसञ्चार दिवसको अवसरमा नेपाल टेलिकमले जेठ ४ गतेदेखि १८ गतेसम्म जीएसएम प्रिपेड र सीडीएमए प्रिपेड तथा पोष्टपेडका ग्राहकलाई ‘नाइट डाटा प्याक’ उपलब्ध गराउने भएको छ । 

यस योजनाअन्तर्गत ९० रुपियाँमा सात दिनसम्म बेलुका ११ बजेदेखि बिहान ५ बजेसम्म अनलिमिटेड डाटा चलाउन सकिनेछ । यस सुविधाका लागि नाइट डाटा टाइप गरी १४२५ मा एसएमएस पठाउनुपर्नेछ । नेपाल टेलिकमले प्रत्येक वर्ष मे १७ का दिन यो दिवस मनाउँदै आएको छ । 

Advertisement

Advertisement

Advertisement