प्रमको आर्थिक सल्लाहकारमा ज्ञानचन्द्र आचार्य, प्रदेश नं. २ को निर्वाचनमा पाँच दिन विदा

Advertisement

काठमाडौः सरकारले असोज २ गते तराईका आठ जिल्लामा हुने स्थानीय तहको निर्वाचनका क्रममा त्यस क्षेत्रमा पाँच दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ । मन्त्रिमण्डलमा तीन नयाँ मन्त्री थपिएसँगै बसेको बैठकले उक्त निर्णय गरेको हो ।

यसअघिका स्थानीय निर्वाचनमा तीन दिन मात्रै विदा दिइएको थियो । बैठकले तेस्रो चरणको निर्वाचनका लागि पाँच दिन विदा दिने निर्णय गर्नुमा सुरक्षा संवेदनशीलता प्रमुख कारण हुनसक्ने अडकल गरिएको छ ।

त्यस्तै, बैठकले प्रधानमन्त्री शेरबहादुर देउवाको आर्थिक सल्लाहकारमा पूर्व परराष्ट्रसचिव ज्ञानचन्द्र आचार्यलाई नियुक्त गर्ने निर्णय गरेको छ । पूर्व परराष्ट्रसचिव तथा संयुक्त राष्ट्रसंघका लागि नेपाली प्रतिनिधि आचार्यलाई आर्थिक सल्लाहकारमा नियुक्त गरिएको हो ।

बैठकले भूकम्पपछिको पुननिर्माणका लागि बिश्व बैंकले संयुक्त दाता कोषमा उपलब्ध गराउने एक अर्ब पाँच करोड रुपियाँ अनुदान स्वीकार गर्ने निर्णय गर्नुका साथै राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन व्यवस्था गर्न बनेको बिधेयकलाई व्यवस्थापिका संसदमा पेश गर्ने निर्णय गरेको छ ।

बैठकले विदेशमा रहेका नेपाली नागरिकता लिइ नसकेका सन्ततीका लागि बढीमा चार बर्षका लागि राहदानी जारी गर्ने निर्णय पनि गरेको छ । सुचना तथा सञ्चारमन्त्री माहन बस्नेतका अनुसार अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिको अध्यक्षमा नरेन्द्रराज बस्नेतलाई नियुक्त गर्ने निर्णय भएको ।

Advertisement

Advertisement

Advertisement