सेन्चुरीको कामु सिइओमा जीवन भट्टराई

Advertisement

काठमाडौंः सेन्चुरी बैंकको प्रमुख कार्यकारी अधिकृतमा जीवन भट्टराईलाई कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (सीइओ)को जिम्मेवारी दिइएको छ । सिइओ अनुजमणि तिमिल्सिनाले राजीनामा दिएकाले सोही बैंकमा नायव सिइओको रुपमा कार्यरत भट्टराईलाई अर्को सीइओ नियुक्त नहुँदासम्मका लागि कार्यकारी अधिकार दिइएको हो ।

सेञ्चुरी बैंकको आइतबार बसेको सञ्चालक समिति बैठकले उक्त निर्णय गरेको हो । भट्टराई विगत आठ वर्षदेखि सेञ्चुरी बैंकमा कार्यरत छन् । उनले व्यवस्थापनमा मास्टर इन फिलोसोफी र अर्थशास्त्र, जनप्रशासन र व्यवस्थापन गरी तीन विषयमा स्नातकोत्तर डिग्री तथा कानुनमा स्नातक हासिल गरेका छन् । भट्टराईले विगतमा हिमालयन बैंक, सिद्धार्थ बैंकमा काम गरिसकेका छन् ।

Advertisement

Advertisement

Advertisement