एनसेलले ल्यायो ‘इन्डिया कलिङ्’ योजना, भारत फोन गर्दा लाग्ने शुल्कमा ३३ प्रतिशत छुट

Advertisement

काठमाडौं । निजी क्षेत्रको मोवाइल सेवा प्रदायक एनसेलका सबै ग्राहकले अब भारतमा फोन गर्दा प्रतिमिनट एक रुपियाँ ९९ पैसा मात्रै खर्च हुने भएको छ । एनसेलले भारतको कल महशुललाई ३३ प्रतिशत घटाउँदै ‘ईन्डिया कलिङ्’ योजना ल्याएको हो । नयाँ दर करबाहेकको हो । 

यस अघि भारतका लागि कल महशुल करबाहेक दुई रुपियाँ ९९ प्रतिमिनेट थियो । इन्डिया कलिङ योजना आजदेखि तीन महिनाका लागि लागु हुनेछ । 

Advertisement

एनसेलका प्रिपेड र पोष्टपेड दुवै ग्राहकले सोही दरमा उपभोग गर्न सक्ने यो सुविधा भारतको कुनै पनि नेटवर्कमा लागू हुनेछ । ग्राहकले १७१०७ डायल गरी यो योजनामा निःशुल्क सहभागी भई सुलभ दरको लाभ लिन सक्ने एनसेलले जनाएको छ ।
साथै ग्राहकले अंग्रजीमा ‘ए’ टाइप गरी १७१०७ मा एसएमएस पठाएर पनि यो योजना सुचारु गर्न सक्छन् ।

भारतमा ठूलो संख्यामा नेपालीहरु शिक्षा तथा रोजगारीका निम्ति बस्ने गरेको, थुप्रै भारतसँग व्यापार व्यवसायमा संलग्न रहनुका साथै प्रत्येक वर्ष भ्रमण तथा तीर्थका लागि पनि नेपालीहरु भारत जाने गरेको भन्दै एनसेलले भारतमा रहेका त्यस्ता आफ्ना परिवारका सदस्य, साथीभाई र  व्यावसायीक साझेदारसँग सुलभ शुल्कमा कल गरी सम्पर्कमा रहिरहन यस योजनाले सहयोग पुर्याउने जनाएको छ । 

ग्राहकले आइभिआर नम्बर १७१०७ मा डायल गरेर योजनाबारे थप जानकारी लिन सक्छन् र प्राप्त जानकारी अनुसार योजनामा सहभागी हुन सकिनेछ । योजनामा सहभागी भएका ग्राहकले अंग्रजीमा ‘आर’ टाइप गरी १७१०७ मा एसएमएस पठाई यो योजनाबाट बाहिरीन पनि सक्छन् 

Advertisement

Advertisement