अष्ट्रेलियामा सडक दूर्घटनाबारे जनचेतना जगाउन अचमम्को प्रदर्शनी (भिडियो हेर्नुहोस्)

Advertisement

काठमाडौं। तपाई सडकमा ठूलो  दुर्घटनाबाट यदि  बाच्नु  भयो भने आफूलाई कस्तो पाउनु हुन्छ होला ? दुर्घटना पछिको जीवन तपाई कस्तो कल्पनु गर्नुहुन्छ ? उत्तर सजिलो छ । ठूलो दुर्घटनापछि यदी बाँचियो भने हामी कि अपाङ्गता कि त प्यारालैसिस भएर बाच्नुपर्ने हुन्छ।

अष्ट्रेलियामा अहिले यस्तै ठूला सडक दूर्घटनाबाट बाँच्न सफल भएका मानिसको जीवन कस्तो हुन्छ होला ? यसैको परिकल्पना गर्दै मानब जस्तै देखिने गरि एक मानव मुर्ति तयार भएको छ । यसको प्रदर्शनी खुला गरिएको छ। प्रदर्शनी अष्ट्रेलियामा बढ्दै गएको बिशेषगरी कार दुर्घटनालाई लिएर र सडकमा हुनसक्ने संभावित दुर्घटनाबारे सचेतना जगाउन प्रदर्शनी भइरहेको छ।

Advertisement

यस प्रदर्शनीलाई अस्ट्रेलियन नागरिकहरु बडो उत्सुकता र चासोका साथ अबलोकन गरिरहेका छन् । नेपालमा पनि सडक दुर्घटना र ट्राफिक नियमबारे यस्ता कार्यक्रम हुने गरे पनि त्यति प्रभावकारी हुन नसकिरहेको बेला अष्ट्रेलियामा भएको यस फरक प्र्रदर्शनीबाट नेपालका चालकहरुले केही नयाँ कुरा सिक्नसक्छन् । 

झट्ट हेर्दा मानव जस्तै देखिने यो मुर्ति प्याट्रीसिया पिक्सिनिनीले सिलिकन रेजिनको मद्दतबाट तयार गरेकी हुन् । जिउँदो मानव जस्तै देखिने यस मुर्तिको नामाकरण ग्राहम राखिएको छ। अष्ट्रेलियामा बढ्दो कार दुर्घटनालाई कम गर्न र सडक सावधानीप्रति अपनाउनु पर्ने चेतनालाई वृद्धि गर्न अभियान सुरु गरिएको छ।

प्रदर्शनीमा राखिएको मानवको टाउको हेल्मेट जस्तै गरी ठूलो बनाइएको छ र मानवको जस्तै दारी जुँगा पनि राखिएको छ । ताकी ग्रेम्यान साच्चिकै एउटा ठूलो दुर्घटनाबाट बाँच्न सफल तर अंगभंग भएको मानिस हो । चित्र देखिएको ग्राहमको टाउकोको तलको भागमा रहेको हड्डी र करंग भाचिएको देखाइएको छ । 

Advertisement

Advertisement