सिल्क रोडको बाटोलाई पछ्याउँदै चिनियाँ विमान चालक विमानबाटै विश्व यात्रामा

Advertisement

बेइजिङ (चीन) । चिनियाँ विमान चालक एक जना सहयोगीका साथमा विमानद्वारा गरिने चीनको पहिलो विश्व यात्राका लागि राजधानी बेइजिङबाट आइतबार छुटेका हुन्।

एक इन्जिन भएको टर्बोप्रप टीएमबी ७०० विमानलाई लिएर ५० वर्षीय विमान चालक झाङ बो ५८ दिन लामो यात्राका लागि निस्किएका हुन् ।

Advertisement

उनले रसिया, संयुक्त राज्य अमेरिका, क्यानाडा, आइसल्यान्ड र संयुक्त अधिराज्य (बेलायत) गरी विभिन्न २० देशका ५० स्थलमा अवतरण गरी प्राचीन समयमा व्यापारका लागि प्रयोग गरिने गरिएको सिल्क रोडको बाटोलाई प्रयाग गर्नुहुनेछ । रासस/सिन्ह्वा

Advertisement

Advertisement