औद्योगिक व्यवसाय ऐन छिटो पारित गर्न व्यवसायीको माग

Advertisement

काठमाडौं । नेपाल मसलन्द तथा शैक्षिक उद्योग संघको १७औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाको नेपाल वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले उदघाटन गरेका थिए । 

सभाले संघको सञ्जाललाई देशभर पुर्याउने र राष्ट्रिय एंव स्थानीयस्तरमा देखिएका समस्या चुनौतिलाई मिलेर हल गर्ने प्रस्ताव पनि पारित गरेको छ । कार्यक्रममा महासघंका उपाध्यक्ष दिनेश श्रेष्ठले नेपाललाई कागजजन्य मसलन्द सामग्री तथा कापी नोटबुक रजिष्टर सिसाकलम मसीमा आत्मनिभर बनाउन सकिएको बताए । 

Advertisement

उद्योग चलाउनु अहिले सबैभन्दा कठिन रहेको भन्दै उनले श्रमिक समस्या र विद्युत अभावका कारण दिन प्रतिदिन उद्योग संख्या घट्दै गएको बताए । श्रेष्ठले मुलुकलाई संवृद्धिको दिशातिर उन्मुख गराउने हो भने औद्योगिक व्यवसाय ऐन छिटोभन्दा छिटो संसदबाट पारित गर्नुपने बताए । 

उनले अझै पनि मुलुका आर्थिकभन्दा राजनीतिक मुद्दा हावी भइरहेको बताए । उपाध्यक्ष श्रेष्ठले मसलन्द तथा शैक्षिक उद्योग क्षेत्रमा वार्षिक १५अर्ब रुपियाँको कारोबार भएको र हजारौंले रोजगारी पाएकाले अब यस उद्योगमा मेचीदेखि महाकालीका उद्योगी व्यवसायीलाई समेटिने बताए । 

कार्यक्रममा संघका अध्यक्ष सुनिल श्रेष्ठ व्यवसायी हरि भण्डारी, कृष्णचन्द्र पौडेल, रामेश्वर पराजुली र निर्वतमान अध्यक्ष प्रयासचन्द्र पौडेलले धारणा राखेका थिए । 

Advertisement

Advertisement