एनसेलको नयाँ ब्राण्ड लोगो सार्वजनिक, दुई वर्षमा ७० अर्ब लगानी गर्ने

Advertisement

काठमाडौं । निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक एनसेल र यसको अन्तर्राष्ट्रिय लगानीकर्ता आजीयाटा ग्रुपबर्हाद (आजीयाटा)ले मंगलबारदेखि एनसेलको रिब्राण्डिङ घोषणा गर्दै एनसेल–आजीयाटा सम्बद्ध कम्पनीको नयाँ ब्राण्ड लोगो अनावरण गरेका छन् । 

एनसेलको ८० प्रतिशत शेयर होल्ड गर्ने विदेशी कम्पनी रेन्होल्डस् होल्डिङस्मा आजीयाटाको एकल लगानी रहेको छ । एनसेलको नयाँ ब्राण्डमा रुपान्तरणसँगै आजीयाटाको अन्तर्राष्ट्रिय दक्षता तथा एनसेलको उत्कृष्ट गुणस्तर, सुपथ सेवा तथा सशक्त स्थानीय धरोहरको बेजोड मेल भएको एनसेलको दावी छ । 

Advertisement

यसले आधुनिक प्रविधि, नविनता र डिजिटलाइजेसनलाई अपनाउदै नेटवर्क विस्तार गर्ने र सम्पूर्ण ग्राहकका संचारलाई अझ सुदृढ गर्ने कार्यमा थप ध्यान केन्द्रित भएको छ । नयाँ प्रतिभाको विकास तथा दुरसंचार क्षेत्रमा नेपाली नेतृत्वको विकास गर्ने कार्यलाई पनि यसले गति दिएको एनसेलको भनाई छ । 

रिब्राण्डिङसँगै कम्पनीको रोमांचक नयाँ अध्याय सुरु भएको भन्दै उसले आजीयाटा सम्बद्ध कम्पनीको रुपमा एनसेल उत्कृष्ट नेटवर्कको विकासमा दिर्घकालिन रुपमा लगानी गर्दै देशका अतिविकट क्षेत्रमा रहेका नागरिकलाई समेत संचारमार्फत जोड्दै नेपालको विकासमा योगदान पु¥याउन प्रतिवद्ध रहेको जनाएको छ ।

एनसेलका प्रबन्ध निर्देशक साइमन पर्किन्सले भने, “एनसेल एक मोवाईल नेटवर्क प्रदायक मात्र होइन, हामी नेपालको व्यावसायिक नागरीक हौं र हामी राष्ट्रको आकांक्षाबमोजिम सामाजिक आर्थिक समृद्धिका लागि सरकारसँग सहकार्य गर्न प्रतिवद्ध छौं ।”

“एशियाकै प्रमुख दुरसंचार समूह आजीयाटाको सहयोगप्राप्तभएकोमाहामीहर्षित छौं । आजीयाटा दुरसंचार क्षेत्रमा डिजिटल तथा प्राविधिक विकासमा अग्रणी स्थानमा छ र आफ्नो स्वच्छ प्यान–एसिया ट्रयाक रेकर्ड सहित नेपालमा प्रवेश गरेको छ ।”

एनसेलले नेपाली उपभोक्तालाई आपसमा जोड्ने आफ्नो प्रतिबद्धता बमोजिम टुजी÷थ्रीजी जीएसएम नेटवर्क विकासका लागि हालसम्म ७४ अर्ब रुपियाँ लगानी गरेको जनाएको छ । फोरजी÷एलटिई जस्ता आधुनिक प्रविधिले नेपाली उपभोक्तालाई आफनो मोवाइल सेटमै भिडियो स्ट्रिमिङ, संगीत, गेम्स तथा कारोवार गर्ने जस्ता थप विकसित फिचर तथा एप्लिकेसनको प्रयोग गर्न सम्भव बनाउने उसको भनाई छ । 

नेपाली तथा नेपालको प्रगतिका लागि महत्वपूर्ण हुने यस फोरजी÷एलटिई सेवा संचालनका लागि आवश्यक स्पेक्ट्रम प्राप्त हुनेमा आफू विश्वस्त रहेको एनसेलले आफ्नो विज्ञप्तिमा उल्लेख गरेको छ । 
सन् २०१६ का लागि एनसेलले घोषणा गरेको १२ अर्ब रुपियाँको पुँजीगत लगानीबाहेक एनसेलले आफ्ना ग्राहकका लागि सेवा सञ्चालन सुनिश्चित गर्ने प्रतिवद्धता अन्तर्गत आगामी दुई वर्षमा थप ७० अर्ब रुपियाँ पुजीगत तथा संचालन लगानी गर्ने घोषणा गरेको छ ।

आजीयाटाको श्रीलंका तथा बंगलादेशमा २० भन्दा बढी वर्षको उपस्थिति छ भने पाकिस्तान तथा भारतमा पनि लगानी रहेको छ । आजीयाटा आफू उपस्थित रहेको मुलुकमा ठूला करदाताका रुपमा रहेको भन्दै एनसेलले उसको तारिफ पनि गरेको छ । 

नयाँ ब्राण्डको अनावरणसँगै एनसेलले आजैबाट लागू हुनेगरी नयाँ योजना पनि ल्याएको छ । जस अन्तर्गत एनसेलका सम्पूर्ण ग्राहकले अन नेट ५० मिनेटको टक टाईम तथा पाँचसय एसएमएस निःशुल्क प्राप्त गर्न सक्छन् ।

एनसेलका सबै ग्राहकले एष्ट्रिक्स १७१२१ ह्यास डायल गरी यो योजनामा निःशुल्क सहभागी हुन सक्छन् । प्राप्त ५० मिनेट टक टाइम तथा पाँचसय एसएमएस एनसेलको कुनै पनि अर्को नम्बरमा कल गर्न र एसएमएस पठाउन प्रयोग गर्न सकिने छ । यसरी प्राप्त टक टाइम र एसएमएसको समयावधि एक हप्ताको रहेको छ ।

Advertisement

Advertisement