तरकारी बजार खाली गर्न नागरिक लगानी कोषका कर्मचारीको चेतावनी

Advertisement

काठमाडौं । नागरिक लगानी कोषको नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको पुर्वपट्टि रहेको तरकारी तथा फलफुल बजार तत्काल खाली गर्न कोषका कर्मचारी संगठनहरुले माग गरेका छन् । 

दश वर्षे करारमा भाडामा दिएको उक्त जग्गा करार अवधि सकिएको पाँच वर्ष बितिसक्दा पनि खाली गर्न अटेर गरिएको भन्दै कर्मचारी संगठनहरुले तत्काल जग्गा खाली नगरे कोषको काम ठप्प पारी आन्दोलनमा उत्रने चेतावनी दिएका छन् । 

Advertisement

करार अवधि सकिएको पाँच वर्ष बितिसक्दा पनि कोषले आफ्नो जग्गा भोगचलन गर्न नपाएको र कोष व्यवस्थापन र सरकारको सम्वन्धित निकायले जग्गा खाली गराउन चासो नदिएको उनीहरुको भनाई छ । बजारमा सयौ ब्यापारीले तरकारी तथा फलफुलको व्यापार व्यावसाय गर्दै आएका छन् ।

Advertisement

Advertisement