आइफोन सेभेन र सेभेन प्लस अमेरिकामा सार्वजनिक, यस्ता छन् विशेषता

Advertisement

काठमाडौँ । अमेरिकी कम्पनी एप्पलले बहुप्रतिक्षीत आइफोन सेभेन र सेभेन प्लस हिजो अमेरिकाको क्यालिफोर्नियामा भब्य समारोहबीच सार्वजनिक गरेको छ ।

दुबै भर्सनको आइफोनको प्रि अर्डस सेप्टेम्बर ९ देखि सुरु हुनेछ भने वितरण सेप्टेम्बर १६ तारिखबाट हुने एप्पलले जनाएको छ ।

Advertisement

यस नयाँ आइफोनमा ३२ जिबीको मूल्य ६४९ डलर र त्यति नै जिबीको सेभेन प्लसको मूल्य ७६९ कायम गरिएको छ ।

एप्पलका अनुसार यसमा परम्परागत हेडफोन नभएर वायरलेस हेडफोन प्रबिधि ल्याएको छ र यसमा लाइटनिङ कनेक्सन छ ।

आइफोन सेभेनको नयाँ फिचरले प्रयोगकर्ताले सुरुमा केही असहज हुनसक्छ । किनकी हेडफोनका लागि अब एडप्टरको आवश्यक पर्न सक्छ ।

एप्पलको आइफोन सेभेनमा टू लेन्स क्यामरा छ । र, होम बटमबाट यो पत्ता लगाउन सकिन्छ कि कति जोडले दबाउन सकिन्छ ।

कनेक्टर र पुरानो हुँदै गएको प्रविधिबाट छुटकारा दिलाउन भने एप्पल आफ्नो प्रतिस्पर्धी भन्दा अगाडि छ ।

विशेषज्ञहरुले हेडफोन सकेट हटाउने कदमले यसको लोकप्रियतामा असर पर्न सक्छ । तर, यो छोटो समयका लागि मात्र हुनेछ ।

एप्पलका अनुसार यसमा परम्परागत हेडफोन नभएर वायरलेस हेडफोन प्रबिधि ल्याएको छ र यसमा लाइटनिङ कनेक्सन छ ।

 

Advertisement

Advertisement