खल्ती र ओयोबीच साझेदारी, अब होटल बुकिङ सहज हुने

Advertisement

काठमाण्डौंः नेपाली बजारमा चल्तिमा रहेका मध्येको एक डिजिटल वालेट एवं पेमेन्ट गेटवे खल्तीले एक चेन होटल सर्भिस ओयोसँग आफ्नो साझेदारी घोषणा गरेको छ ​।

यस साझेदारीले नेपालीहरुलाई होटल बुकिङ निकै सजिलो हुने खल्तीको दाबी छ । यस साझेदारीले ओयोका नेपालमा रहेका ग्राहकलाई होटलको बुकिङ र भुक्तानी खल्ती एप र वेभसाईट दुवै माध्यमबाट गर्न मिल्ने सुविधा सिर्जना गरेको छ​।

आथित्य र सत्कार पर्यटनका प्रमुख सारभूत हुन् र यस साझेदारीबाट आफूलेले यस क्षेत्रमा आफ्नो उपस्थिति
प्रारम्भ गरेको छौं भन्दै खल्तीले ओयोसँगको सहकार्यबाट हुने छिटो र सुरक्षित डिजिटल पेमेन्टले नेपालीहरु माझ होटल
बुकिङमा रहेको मुख्य चुनौति समाधान हुने जनाएको छ ।

Advertisement

Advertisement

Advertisement