गर्मीको पर्वाह नगरी दर्शकहरु रमाए बुटवलको एनसेल मेलामा

Advertisement

काठमाडौं । निजी क्षेत्रको मोवाइल सेवा प्रदायक कम्पनी एनसेलले सोमबार बुटवलको दीपनगरस्थित सिद्घेश्वरी मैदानमा मनोरञ्जनसहितको एनसेल मेला आयोजना गर्यो । 

कम्पनीले आफ्नो रि—ब्राण्डिङसँगै नजिकिँदो चाडपर्वको अवसर आफ्ना ग्राहकलाई शुभकामना आदानप्रदान गर्न मेलाको आयोजना गरेको हो । नारायणगढ र पोखरापछि एनसेलले बुटबलमा यस किसिमको कार्यक्रम आयोजना गरेको हो । 
 
दिनभर चलेको मेलामा मौसम तातो भए पनि दर्शकहरुको सहभागिता उत्साहजनक रहेको एनसेलले जनाएको छ । स्टलहरुमा दर्शकहरुको भीड लागेको थियो भने नाम चलेका कलाकार तथा सांगीतिक समुहको प्रस्तुती हेर्ने, गेम स्टल, किडस् जोन र फुड स्टलमा रमाउनेहरुको संख्या पनि उल्लेख्य थियो । 

Advertisement

कार्यक्रममा कलाकारहरु सुगम पोख्रेल, शिव परियार, मिलन अमात्य, लाउरे, डिजे रुपेश र सांगीतिक समुह एक्स व्याण्डको प्रस्तुती, हास्य कलाकार सन्दिप क्षेत्रीको हास्य प्रस्तुती, कार्टुन्जक्रु र युभिएन्जल्स्को प्रस्तुतीबाट दर्शकले मनोरञ्जन लिएका थिए । 

चंगा चेट प्रतियोगिता पनि आयोजना भएको एनसेल मेलाको हाइटेक जोनमा दर्शकहरुले ‘भर्चुअल रियालिटी’को अनुभव गरेका थिए । मगसट फोटो बुथमा सबै उमेरका आगन्तुकहरुको फोटो खिचाउन भीड लागेको र कोही पिंग खेल्नतर्फ रमाएको एनसेलले जनाएको छ । 

मेलामा एनसेलको सेवा सुविधामा आकर्षक अफरका साथै डेटा सेवा, थ्रिजीको गति र अन्य डिभाइसहरु एनसेल एक्पिरियन्स् जोनमा चलाएर टेष्ट गर्न सकिने व्यवस्था पनि मिलाइएको थियो । सुट द रावण, मिनी बास्केटबल, बाउन्स एण्ड स्कोर र स्कोर द रियल गोल लगायतका गेम स्टलहरु राखिएको मेलामा एनसेलले आफ्नो ‘च्यानल लोयल्टी’ योजनाअन्तर्गत सिम कार्ड, रिचार्ज कार्ड र अन्य प्रोडक्टहरु ग्राहकसम्म पुर्याउने लुम्बिनी अन्चलका आफ्ना १० वटा आधिकारिक रिटेलरहरुलाई उपहार प्रदान गरेको थियो । 

रिटेलरहरुले गरेको बिक्रीका आधारमा उनीहरुलाई एससीडी टिभी, ल्यापटप र प्रिन्टर लगायतका विभिन्न उपहारहरु प्रदान गरिएको थियो । बुटवलपछि एनसेल मेला असोज ६ गते धरानमा र असोज ८ गते बिर्तामोडमा आयोजना हुने जनाइएको छ । 

Advertisement

Advertisement