प्रमुख पाँच शहरमा एनसेल मेला सम्पन्न, हजारौंको मन जित्न सफलः एनसेल (तस्विरहरुसहित)

Advertisement

काठमाडौंः निजी क्षेत्रको मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले देशका प्रमुख पाँच शहरमा एनसेल मेला सम्पन्न गरेको छ । सबै मेलाहरु हजारौ दर्शकहरुको मन जित्दै भव्यरुपमा सम्पन्न भएको एनसेलले जनाएको छ । 

एनसेलको रि–ब्राण्डिङसँगै यसको प्रवद्र्धन गर्ने र नजिकिँदो चाडपर्वको अवसरमा आफ्ना ग्राहकहरुमा शुभकामना आदानप्रदान गर्न मेला आयोजना गरिएको हो । गत भदौ ३० गते नारायणगढबाट सुरु भएको मेला पोखरा, बुटवल, धरान हुँदै शनिवार बिर्तामोडमा आयोजना गरी सम्पन्न भएको हो । 

Advertisement

नाम चलेका कलाकार तथा संगीतिक समुहको प्रस्तुती, कमेडी, जादु, गेम स्टल, किडस् जोन र फुड स्टलहरु रहेको मेलाको प्रमुख आकर्षण रहेको कन्सर्टमा कलाकारहरु सुगम पोखरेल, शिव परियार, मिलन अमात्य, लाउरे र सांगीतिक समुह एक्स ब्याण्डले पाँचै शहर गीत गाएर दर्शकलाई रमाइलो गरेका थिए । 

मेलामा हाँस्यकलाकार सन्दिप क्षेत्रीले आफ्नो प्रस्तुतीले सबैलाई हँसाएका थिए भने कलाकार रेमोन दास श्रेष्ठ र समृद्घी राईको प्रस्तुतीले दर्शकहरु उत्साहित भएको एनसेलले जनाएको छ । त्यसैगरी, मेलामा डिजे रुपेश। कार्टुन्ज क्रु, युभि एन्जल्स्को विषेश प्रस्तुतीले दर्शकहरुमा आकर्षण थपेको थियो । 

एनसेलले परिवारजन, आफन्त र साथीभाईलाई एकैथलोमा भेला गराई खुसीयाली साट्न र चाडपर्वको शुभकामना आदानप्रदान गर्न सफल भएको एनसेलले जनाएको छ । गीत, संगीत र अन्य मनोरन्जनात्मक गतिविधिबाहेक मेलामा एनसेलको सेवा सुविधाबारे जानकारीका साथै ती सेवा तथा सुविधाहरु आकर्षक अफरमा लिने व्यवस्था गरिएको थियो । 

डेटा सेवा, थ्रिजीको गति र अन्य डिभासहरु एनसेल एक्पिरियन्स् जोनमा चलाएर टेष्ट गर्न सकिने व्यवस्था मिलाइएको थियो । त्यसैगरी, एनसेल हाइटेक जोनमा आगन्तुकहरुले ‘भर्चुअल रियालिटी’ को अनुभव बटुल्ने अवसर पाएका थिए । मेलामा बालबालिकाको लागि इन्फ्लेटेड क्यासल, मेरी गो राउण्ड र ट्रेन जस्ता मनोरन्जन, दर्शकहरुका लागि नेपाली, भारतीय, चिनियाँ खानाको व्यवस्था गरिएको जनाइएको छ । 

Advertisement

Advertisement