एनसेल ‘च्यानल लोयल्टी’ योजनाको अर्को मोटरसाइकल विजेता प्रेम श्रेष्ठ

Advertisement

काठमाडौंः निजी क्षेत्रको मोबाइल सेवा प्रदायक एनसेलले आफ्नो ‘च्यानल लोयल्टी’ योजनाअन्तर्गत काठमाडौंको ठमेलमा रहेको एमपी मेड प्रालिका संचालक प्रेम श्रेष्ठलाई मोटर साइकल उपहार प्रदान गरेको छ । 

एमपि मेड एनसेलको सिम कार्ड, रिचार्ज कार्ड र अन्य उत्पादनहरु ग्राहकसम्म पुर्याउने १० हजार आधिकारिक रिटेलरहरु मध्येको एक हो । श्रेष्ठलाई एनसेलको  बागमती सेल्स टिमले एक कार्यक्रमका साथ मोटरसाइकल उपहार प्रदान गरेको हो । 

Advertisement

एनसेलले सन् २०१४ मा रिटेलरहरुलाई आफ्नो सेवा तथा सुविधाहरुको प्रवद्र्धन गर्न प्रोत्साहन गर्ने उद्देश्यले ‘च्यानल लोयल्टी’ योजना शुरु गरेको हो । रिटेलरहरुले  उनीहरुले गरेको बिक्रीका आधारमा उपहार पाउँछन् । एमपी मेड सबभन्दा धेरै बिक्री गर्ने रिटेलरहरुमध्ये एक हो ।

यस अधि यो योजनाअन्र्तगत नयाँ बसपार्कको लमजुङ्ग कम्युनिकेशनका संचालक दिनेश दुराले मोटर साइकल र तनहुँ दुलेगौडाको सिमरन एण्ड शिन्जा इन्टरप्राईजेज्का संचालक गणेश श्रेष्ठले  स्कुटर उपहार पाएका थिए । 

Advertisement

Advertisement