अरिङ्गालले टोकेर हजुरआमा र नातिको मृत्यु

Advertisement

बैतडीः अरिङ्गालको टोकाइबाट थलाकाँडा गाविसमा शनिबार एकै परिवारका दुईजनाको ज्यान गएको छ । अरिङ्गालले टोक्दा थलाकाँडा– ८ लेकमवस्तीका ४८ वर्षीया पम्पादेवी साउद र उनको १२ वर्षीय नाति दीपकको मृत्यु भएको स्थानीय गहेन्द्र साउदले जानकारी दिए । 

माइतीघर थलाकाँडा– १ भागडाबाट घर फर्किदै गर्दा गोजी चिउरानीमा हजुरआमा र नातिलाई अरिङ्गालले टोकेको हो । घटनास्थल सदुमुकाम गोठलापानीबाट डेढ दिनको पैदल दुरीमा पर्दछ । रासस

Advertisement

Advertisement

Advertisement