एनसेलले ल्यायो ‘रोमिङ् कम्बो प्याक’ विदेश जाँदा पनि सजिलै सेवा लिन सकिने

Advertisement

काठमाडौंः निजी क्षेत्रको मोबाइल सेवा प्रदायक एनसेलले विदेश भ्रमणमा जाने आफ्ना ग्राहकहरुका लागि आकर्षक ‘रोमिङ् कम्बो प्याक’ योजना ल्याएको छ । यस अन्तर्गत एनसेलका ग्राहकले रोमिङ्मा रहेको बेलामा करसहित मात्र एक हजार पाँचसय रुपियाँमा भ्वाइस, एसएमएस र डेटा प्याकको मज्जा लिन सक्नेछन् । 

कम्बो प्याक योजना भारत, अमेरिका, बेलायत, हङकङ, सिंगापुर, मलेसिया, थाइल्याण्ड लगायतका विभिन्न २५ देशहरुमा यही सोमबारदेखि लागू हुनेछ । यो योजना सुचारु गर्ने एनसेलका प्रिपेड वा पोस्टपेड ग्राहकले आफू सम्बन्धित रोमिङ् देशहरुमा रहदा नेपाल र कम्बो प्याकमा रहेका अन्य देशहरुका लागि २५ मिनेटको बाह्य कल, २५ मिनेटको आगमन कल, २५ एसएमएस र २५ एमबी डेटा पाउनेछन् । 

Advertisement

प्याक अन्र्तगत उपलब्ध हुने यी सेवाहरुको प्रयोग गर्ने समयावधि ३० दिनको हुनेछ । यो योजना सुचारु गरी एनसेलका ग्राहकले रोमिङ् देशहरुमा आफु यात्रामा भएको समयमा पनि आफ्ना परिवार, आफन्त तथा व्यवसायिक साझेदारहरुसँग सुलभ दरमा कुराकानी गर्दै संचार सेवाको खर्चमा कटौती गर्न सक्ने एनसेलले जनाएको छ । 

कम्बो प्याक लिई भारत यात्रामा भएमा एनसेलका ग्राहकले १२ हजार पाँचसय रुपियाँ बचत गर्न सक्नेछन् । बिना प्याक भारतमा रोमिङ्मा रहँदा भ्वाइसको २५ रुपियाँ प्रतिमिनेट, प्रति एसएमएस १० र डेटाको शुल्क प्रति एमबी पाँचसय रुपियाँ लाग्नेछ ।

यसरी प्याक अन्र्तगत पाइने यही भोल्युमका सेवाहरुका लागि बिना प्याक प्रयोग गर्दा ग्राहकहरुले १४ हजार रुपियाँ खर्च गनुपर्ने हुन्छ । त्यसैगरी, थाइल्याण्ड र अन्य देशहरुमा  कम्बो प्याक सुचारु गरेर भ्रमणमा जाने ग्राहकहरुले क्रमशः १६ हजार ४५० र १३ हजार ९५० रुपियाँ बचत गरेर रोमिङ् सेवाको फाइदा लिन सक्नेछन । 

पोष्टपेड सेवाका ग्राहकहरुले एस्ट्रिक्स १७१२९ ह्यास डायल गरी चौथो विकल्प रोजेर प्राप्त जानकारी अनुसार यो रोमिङ् कम्बो प्याक सुचारु गर्न सक्नेछन् । प्रिपेड ग्राहकका हकमा, ग्राहकले एस्ट्रिक्स १७१२९ ह्यास डायल गरी दोस्रोे विकल्प रोजेर त्यसपछि प्राप्त जानकारी अनुसार यो प्याक लिन सक्छन् ।

आफ्नो सञ्चार सेवाको आवश्यकता बमोजिम, ग्राहकले जति पटक पनि यो प्याक लिन सक्छन् । प्याक प्रयोग गर्ने समयसिमा वा प्याकमा उपलब्ध भएको सेवाहरु उपयोग गरी सकेपछि हाल रोमिङ्का बेलामा लाग्दै आएको शुल्कहरु लागु हुनेछ । 

ग्राहकले एस्ट्रिक्स १०१ ह्यास डायल गरी आफ्नो कम्बो प्याकमा के कति सेवाहरु बाँकी छन् भनेर हेर्न सक्छन् । यो अफरमा प्याक स्वत पुन सुचारु हुने व्यवस्था समावेश गरिएको छैन ।

Advertisement

Advertisement