एनसेलले पायो ‘टेलिकम कम्पनी अफ द इयर २०१६ अवार्ड’

Advertisement

काठमाडौंः नेपालको निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले यस वर्षको उत्कृष्ट दूरसञ्चार कम्पनी ‘टेलिकम कम्पनी अफ द इयर २०१६’ अवार्ड पाउन सफल भएको छ ।

उक्त अवार्ड एनसेललाई अन्तर्राष्ट्रिय विकास साझेदारी कम्पनी फ्रोस्ट एण्ड सलिभनले काठमाडौंमा आयोजना गरेको ‘२०१६ नेपाल बेस्ट प्राक्टिसेस् अवार्डस्’को समारोहमा बुधबार प्रदान गरेको हो । नेपाल बेस्ट प्राक्टिसेस् अवार्डस् विभिन्न क्षेत्रमा उत्कृष्ट कार्य गर्दै आएका कम्पनीहरुलाई प्रदान गरिन्छ ।

Advertisement

गैर आवासीय नेपाली संघका संस्थापक  अध्यक्ष डा. उपेन्द्र महतोले एनसेलका प्रबन्ध निर्देशक साइमन पर्किन्सलाई उक्त अवार्ड हस्तान्तरण गरेका थिए । “ग्राहकमा ध्यान केन्द्रित गर्दै उनीहरुको विविध संचार सेवाको आवश्यकतालाई परिपुर्ति गर्ने हाम्रो प्रयासले फेरी एक पटक सम्मान पाएकोमा हामी हर्षित छौं ।  यो अवार्ड एनसेलको उदाहरणीय विकास र उत्कृष्ट कार्यसम्पादनको प्रमाण हो,” पर्किन्सले भने ।

कम्पनीहरुको वास्तविक बजार सम्पादन सूचकहरु, समग्र विकास, नविनता र नेपाली अर्थतन्त्रमा पुर्याइको योगदान लगायतका आधारमा कडा मापदण्डभित्र रहेर अवार्ड पाउने कम्पनीहरुको मुल्याङ्कन गरिएको एनसेलको भनाई छ ।  

पर्किन्सले एनसेलको सफलता नेपालको सामाजिक तथा आर्थिक विकासका लागि काम गरिरहेका हाम्रा सम्पूर्ण कर्मचारी तथा साझेदारहरुको कठिन परिश्रम र समर्पणको फल हो भन्दै एनसेलले स्वदेशमा तथा विदेशमा विभिन्न सम्मान पाउन सफल भएको बताए  । एनसेल उत्कृष्ट तथा दिगो सेवा प्रदान गर्न कटिवद्ध रहेको उनको भनाई थियो ।  

सन् २०१६ मा एनसेलले पाएको यो तेस्रो पुरस्कार हो । गत फेबु्रअरीमा एनसेलले मोबाइल इन एमर्जन्सी एण्ड ह्युम्यानिटेरियन सिचुयसन्स् विधा अन्तर्गत जिएसएम एसोसिएसनले प्रदान गरेको ग्लोबल मोबाइल अवार्ड र गत महिना सिङ्गापुरमा फ्रोस्ट एण्ड सलिभन नेपाल मोबाइल सेवा प्रदायक २०१६ सम्मान पनि पाएको थियो ।

Advertisement

Advertisement