ग्लोबल आइएमई बैंकले सुरु गर्यो ‘इएमभी चिप’ कार्ड, ‘क्यासलेस’ कारोबारलाई बढावा मिल्ने

Advertisement

काठमाडौंः ग्लोबल आइएमई बैंक, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कार्डहरु जारी गर्र्ने इएमभी कार्डस कम्प्लाइन्ट बैंक भएको छ । यस सुविधाले उपभोक्ताहरुको एटिएम तथा पिओएस टर्मिनल मार्फतको कारोबारलाई सुरक्षित बनाउनका साथै नेपाली भुक्तानी डोमेनलाई नै थप सुरक्षित बनाउन योगदान पुराउने जनाइएको छ । 

विद्युतीय कारोबारको सुरक्षाप्रति आफू सधंै होसियार रहदै आएको भन्दै बैंकले यसअघि पनि अनिवार्य पिन परिवर्तन प्रणालीमार्फत आफ्ना ग्राहकहरुलाई सुरक्षाको प्रत्याभुति गराउँदै आएको उसले जनाएको छ । इएमभी चिप कार्डको सुरुवातसँगै आफ्नो ‘सबैका लागि बैंक’ भन्ने नारालाई सवल तुल्याउन मद्दत पुग्ने ग्लोबल आइएमई बैंकले विश्वास लिएको छ । यस विषेशताले नेपालमा क्यासलेस कारोबारलाई पनि बढावा दिने जनाइएका छ । 

Advertisement

Advertisement

Advertisement