मेलम्चीको मुहानमा भेटिएको पहेंलो धातु सुन होइन रहेछ

Advertisement

काठमाडौंः मेलम्ची खानपानीको मुहानस्थित हेलम्बु–७ मा भेटिएको सुनजस्तो पहेंलो धातु सुन नभएको खानी तथा भूगर्भ विभागले जनाएको छ । उपत्यकामा पानी ल्याउनका लागि इन्टेक निर्माण गर्ने क्रममा गत शुक्रबार पाँच मिटर लम्बाइ र चार मिटर चौडाइको ढुङ्गामा सुनजस्तो पहेंलो धातु भेटिएको थियो । 

मेलम्चीको मुहानस्थलमा भेटिएको सो धातु आइतबार मेलम्ची खानेपानी विकास समिति र स्थानीयवासीले परीक्षणका लागि विभागमा बुझाएका थिए । विभागको प्रयोगशालामा परीक्षण गर्दा त्यसमा सुनको मात्रा नभेटिएको विभागका निमित्त महानिर्देशक रामप्रसाद घिमिरेले जानकारी दिए ।

Advertisement

“मुहानस्थलमा पाइएको धातुमा सामान्य मात्रामा तामा देखियो, यतिको मात्रामा तामा अन्यत्र पनि पाइन्छ, यो सामान्य हो”, उनले भने । सुनजस्तो पहेंलो धातु भेटिएको मेलम्चीको मुहानस्थल समुद्री सतहबाट एक हजार चार सय ५५ मिटर उचाइमा पर्दछ । 

Advertisement

Advertisement