पुटिन लगातार चौंथो पटक विश्वकै पहिलो शक्तिशाली व्यक्ति बन्न सफल

Advertisement

एजेन्सी। रुसी राष्ट्रपति भ्लादिमिर पुटिन लगातार चौंथो पटक विश्वकै शक्तिशाली व्यक्तिको सूचीमा पहिलो नम्बरमा रहन सफल भएका छन्। अमेरिकाको विश्व प्रसिद्ध आर्थिक पत्रिका फोर्ब्सले सार्वजनिक गरेको विश्वका १०० शक्तिशाली व्यक्ति मध्य पुटिन पहिलो सूचीमा परेका हुन्।    

पुटिनले अमेरिकाका नव निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पलाई उछिन्दै शीर्ष स्थानमा उक्क्लिएका हुन् तर केही दिन अगाडिमात्रै टाइम्स म्यागजिनले ट्रम्पलाई वर्ष व्यक्ति घोषणा गरेको थियो।

Advertisement

त्यसैगरी, विश्वका शक्तिशाली व्यक्तिहरुको सूचीको तेस्रो नम्बरमा जर्मनकी चान्सलर एङ्गेला मर्केल परेकी छिन्। चिनियाँ राष्ट्रपति सी निजपिङ चौथो र धर्मगुरु पोप फ्रान्सिस पाँचौं नम्बरमा छन् । सो सूचीमा अन्तर्गत अमेरिकाका वर्तमान राष्ट्रपति बाराक ओबामा भने ४८ औं स्थानमा परेका छन् ।

जानेट येलन छैटौं, विल गेट्स सातौं, ल्यारी पेज आठौं र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नवौं स्थानमा छन् । दशौं स्थानमा फेसबुकका संस्थापक मार्क जुकरबर्ग छन् ।

 

Advertisement

Advertisement