नेपाल टेलिकम र ओरिडुबीच रोमिङको महशुल घटाउने सम्झौता

Advertisement

काठमाडौंः नेपाल टेलिकम र ओरिडु कतारबीच सहुलियत दरमा रोमिङ सुविधा उपलब्ध गराउने सम्बन्धमा सम्झौता सम्पन्न भएको छ । सम्झौताअनुसार अब नेपाल टेलिकमका जीएसएम पोष्टपेड मोबाइल प्रयोगकर्ता कतारमा गएको समयमा पहिलेभन्दा सस्तो दरमा नेपालमा कल गर्न सक्नेछन् । 

गत मंसिर ३० गते कतारमा सम्पन्न उक्त सम्झौतामा नेपाल टेलिकमका प्रमुख व्यावसायिक अधिकृत प्रदीपराज उपाध्याय र ओरिडुका कार्यबहाक प्रमुख कार्यकारी अधिकृत खलिद अल मन्सुरीले हस्ताक्षर गरे ।  आउँदो जनवरीदेखि नयाँ सम्झौता अनुसारको नयाँ दर लागू हुनेछ ।

Advertisement

यो भन्दा पहिले सन् २००६ अक्टोबर १२ मा नेपाल टेलिकम र ओरिडुबीच अन्तर्राष्ट्रिय रोमिङ सेवासम्बन्धी सम्झौता भएको थियो । हाल सोही सम्झौताको महसुल दरलाई परिमार्जन गरिएको हो । सो सम्झौताका अवसरमा नेपाल टेलिकमका सञ्चालक सदस्य राजीव गौतम, कम्पनीका प्रबन्ध निर्देशक कामिनी राजभण्डारी र उपप्रबन्धक तथा सहप्रबक्ता शोभन अधिकारी तथा ओरिडुका अधिकारीहरु सहभागी थिए । 

 

Advertisement

Advertisement