रणनीतिक साझेदार नियुक्तिका लागि परामर्श दिन टेलिकमले नियुक्त गर्यो परामर्शदाता

Advertisement

काठमाडौंः नेपाल टेलिकममा रणनीतिक साझेदार नियुक्ति, कार्यान्वयन लगायत आवश्यक कार्यहरुमा परामर्श दिनका लागि परामर्शदातासँग सम्झौता भएको छ । 

बोलपत्रमार्फत छनोट भएको परामर्शदाता एनालिसिस मसुन लिमिटेड यूकेसँग बुधबार उक्त सम्झौता भएको हो । सम्झौता पत्रमा नेपाल टेलिकमका प्रबन्ध निर्देशक कामिनी राजभण्डारी र एनालिससका रोहन धमिजाले सही गरे । 

Advertisement

उक्त संस्थाले नेपाल टेलिकमको ड्यू डिलिजेन्स तथा शेयर विनिवेश गर्ने लगायतका रणनीतिक साझेदार भित्र्याउनका लागि आवश्यक सबै प्रक्रिया पूरा गर्न परामर्श दिनेछ । 

Advertisement

Advertisement