‘राष्ट्रिय औद्योगिक वस्तु तथा प्रविधि प्रदर्शनी’ १२ गतेदेखि भृकुटीमण्डपमा सुरु हुने

Advertisement

काठमाडौंः यही आउँदो बिहीबारदेखि राजधानीको भृकुटीमण्डपमा ‘राष्ट्रिय औद्योगिक वस्तु तथा प्रविधि प्रदर्शनी’ आयोजना गरिने भएको छ । यो यस किसिमको प्रदर्शनीको २८औं संस्करण हो ।

घरेलु तथा साना उद्योग विकास समितिले आयोजना गर्ने यो प्रदर्शनीमा उत्कृष्ट उद्यमीहरुलाई पुरस्कृतसमेत गरिने मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

Advertisement

नेपालमा उत्पादित वस्तुहरुमा गौरव गरौं, स्वदेशी वस्तु प्रयोग गरौं भन्ने नारासहित  गर्न लागिएको यस प्रदर्शनी छ दिनसम्म चल्नेछ । लघु, घरेलु तथा साना उद्यम व्यवसाय मुलुकको औद्योगिक विकासको आधारशील भएकोले यस क्षेत्रको विकासको लागि आफूहरुले प्रदर्शनी गर्दै आएको समितिका कार्यकारी निर्देशक रमेश उपाध्यायले बताए । 

मेलामा ७५ वटै जिल्लाबाट उद्यमीहरु आफ्ना उत्पादनसहित प्रदर्शनीमा सहभागी हुनेछन् । यस किसिमको प्रदर्शनीमा एक पटक सहभागी भइसकेकालाई नदोहोर्याइकन नयाँलाई अवसर दिने गरेको उपाध्यायले बताए  । तर पैसा तिरेर स्टक राख्न चाहनेले भने दोहोर्याएर पनि सहभागी हुन पाउँछन् । 

यस पटकको प्रदर्शनीमा तीनसय भन्दा बढि स्टलहरु रहने, पाँच करोड रुपियाँभन्दा बढिको कारोबार हुने आयोजकको अनुमान छ । यस किसिमको प्रदर्शनीले उद्यमीहरुबाट उत्पादित वस्तुहरुको बजार विस्तारमा सहयोग पूग्ने विश्वास छ ।

Advertisement

Advertisement