एनआइसी एसिया क्यापिटलले सुरु गर्यो मोबाइल एप सेवा, लगानीकर्तालाई सहज सुचना प्राप्त हुने

Advertisement

काठमाडौंः लगानीकर्ताको सुविधाका लागि भन्दै एनआइसी एसिया क्यापिटलले मोबाइल एप सेवाको थालनी गरेको छ । यसमार्फत प्रयोगकर्ताले आफ्नो डिम्याट खाताको जानकारी प्राप्त गर्नुका साथै एनआईसी एसिया क्यापिटलको सामूहिक लगानी कोषको प्रतिइकाई मुल्यको जानकारी, नेप्से बजार रिपोर्टका साथै कम्पनीले प्रदान गर्दै आएको बृहत सेवाका बारेमा जानकारी प्राप्त गर्न सकिने छ ।

एनआइसी एसिया क्यापिटलले लगानीकर्तालाई सवल, सुचित तथा उपयुक्त निर्णय लिन विभिन्न माध्यमबाट क्षमता अभिवृद्धिको सेवाहरु आफूले प्रदान गर्दै आएको भन्दै सोही क्रममा मोवाइल एम सञ्चालनमा ल्याएको जनाएको छ । यो एप हाल एण्ड्रोइडको प्लेस्टोर र केही दिनमा एप्पल मोबाइलकोे एप स्टोरमा निस्शुल्क उपलब्ध हुने जनाइएको छ ।

मोबाइल एप्पमा समयसापेक्ष परिवर्तन गर्दै जानकारीमूुलक सेवाहरु प्रविष्ट गर्दै जाने कम्पनीका व्यापार व्यवस्थापन विभाग प्रमुख राघब पोखरेलले जानकारी दिए ।

Advertisement

Advertisement

Advertisement