फोब्सको अर्बपतिहरुको सूचीमा विनोद चौधरी १५६७औं स्थानमा, पहिलो नम्बरमा बिल गेट्स

Advertisement

काठमाडौंः अमेरिकी पत्रिका फोर्ब्सले विश्वका अर्बपतिहरुको नयाँ सूची सार्वजनिक गरेको छ । सूचीमा नेपालका उद्योगपति विनोद चौधरी एक हजार ५६७ औं स्थानमा रहेका छन् । 

नेपालको औद्योगिक घराना चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीको सम्पत्ति एक अर्ब ३० करोड रुपियाँ अमेरिकी डलर रहेको फोर्ब्सको नयाँ सूचीमा उल्लेख छ । पहिलो पटक सन् २०१३ मा फोब्सको अर्बपतिहरुको सुचीमा सुचीकृत भएका नेपालका एक मात्रै अर्बपति विनोद चौधरीका पाँच दर्जन कम्पनीहरु रहेका छन् ।  

Advertisement

यो वर्ष अर्बपतिहरुको सूचीमा एक हजार ५७७ जना छन् । जसमा  पहिलो नम्बरमा अमेरिकी धनाढ्य बिल गेट्स पुनः कायम भएका छन् । माइक्रोसफ्टका मालिक गेट्सको सम्पत्ति ८६ अर्ब डलर रहेको फोर्ब्सको भनाई छ ।

 

Advertisement

Advertisement