अर्को हप्ता औद्योगिक व्यापार मेला, नयाँ प्रविधिसँग नजोडे औद्योगिक विकास दिगो हुन्नः गिरी

Advertisement

काठमाडौंः तेह्रौं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा नवीनतम प्रविधि प्रदर्शनी अर्को हप्ता वैशाश ७ गतेबाट राजधानीको भृकुटीमण्डपमा सुरु हुने भएको छ । घरेलु तथा साना उद्योगमा नविन प्रविधिको महत्व र आवश्यतालाई दर्साउने लक्ष्यसहित यो बर्षको मेला हुन लागेको हो । 

आयोजक नेपाल घरेलु तथा साना उद्योग महासंघलले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष श्याम गिरीले कुनै कुल ग्राहस्थ उत्पादनमा ११ प्रतिशत योगदान दिएको औद्योगिक क्षेत्रको योगदान अहिले घटेर पाँच प्रतिशतमा आउनुमा नयाँ प्रविधिसँग यस क्षेत्रलाई जोडन नसक्नु मुल कारण भएको बताए । 

Advertisement

नेपालमा सबैभन्दा धेरै रोजगारी दिनसक्ने र आर्थिक विकासमा योगदान दिनसक्ने लघु, घरेलु तथा साना उद्योगको विकासमा सरकार ध्यान नगएको भन्दै युवाहरुलाई मुलुकमै रोजगारीको सिर्जना गर्नेगरी यस्ता उद्योगहरुको गर्न सामुहिक प्रयत्नको जरुरी रहेको बताए । 

गिरीका अनुसार लघु, घरेलु तथा साना उद्योगमा प्रविधि प्रतिस्थापन हुँदा यो आफ्नो पेशा अंगाल्दै आएकाहरु पलायन भएको, 
लघु, घरेलु तथा साना उद्योगको संस्थागत विकास हुन नसकेको, साना उद्यमीहरुलाई पुँजीको पहुंच नभएको, क्षमता विकासमा कमी भएको बताए ।

लघु घरेलु तथा साना उद्योगहरू प्रविधि प्रयोग र अन्य क्षमताका हिसाबले प्रतिस्पर्धी बन्न नसकी उद्योगमा पुस्ता हस्तान्तरण हुन नसकेको भन्दै महासंघले थुप्रै युवा वैज्ञानिक र अनुसन्धानकर्ताहरुले विभिन्न खाले प्रविधि तथा यन्त्रहरुको आविष्कारमा संलग्न रहे पनि यस्ता खोज अनुसन्धान र आविष्कारहरु उद्योगसँग जोडिइ समुचित उपयोग र प्रवद्र्धन हुन नसकेको जनाएको छ । 

बैज्ञानिक खोज र अनुसन्धान आर्थिक विकासका लागि ! उद्योगमा प्रविधि प्रतिष्थापन पुस्ता हस्तान्तरण्का लागि !! भन्ने नाराका साथ आयोजना हुन लागेको मेलामा वैशाख ११ गतेसम्म सञ्चालन हुनेछ । विदेशी मुलुकबाट समेत व्यवसायीहरुले सहभागिता जनाउनृ यस मेलामा २३६ वटा स्टलहरु रहने र प्रदर्शनीमा ६० जना भन्दा बढी नविन प्रविधि अनुसन्धानकर्ताहरु सहितको नवीनतम प्रविधि प्याभिलियन, ३५ वटा स्टलको महिला उद्यमशिलता प्याभिलियन, १० वटा स्टलको बन तथा कृषि सहज कार्यक्रमको प्याभिलियन, खाद्यान्नका स्टलहरु र बाँकीमा औद्योगिक उत्पादनहरु राखिने जनाइएको छ ।

Advertisement

Advertisement