पेट्रोलियम पदार्थको भाउ घट्यो

Advertisement

काठमाडौं । अन्तर्राष्ट्रिय बजार भाउलाई देखाउँदै मूल्य बढाउँदै आएको नेपाल आयल निगमले अहिले भने पेट्रोलियम पदार्थको भाउ घटाएको छ । निगमले सोमबार मध्य रातिबाट लागु हुने गरी पेट्रोल, डिजेल तथा मट्टितेलमा प्रति लिटर दुई रुपियाँ घटाएको हो ।

निगमका प्रवक्ता वीरेन्द्र गोइतकाअनुसार नयाँ मूल्यअनुसार पेट्रोल प्रति लिटर एक सय ११२ रुपियाँ, डिजेल तथा मट्टितेललाई ९९ रुपियाँ कायम भएको छ ।

मूल्य समायोजन पछि पेट्रोलतर्फ ११ रुपियाँ ४४ पैसा, डिजेलतर्फ पाँ रुपियाँ ८१ पैसा नाफा हुने भएको छ भने खाना पकाउने ग्यासतर्फ प्रति सिलिण्डर दुई सय ८४ रुपियाँ ८३ पैसा घाटा छ ।

यस मूल्य समायोजन पछि निगमलाई १५ दिनमा ५६ करोड ५८ लाख रुपियाँ नाफा हुने गोइतले बताए । पछिल्लो समय डलरको भाउमा भएको वृद्धिसँगै इन्धनको मूल्य पनि अन्तर्राष्ट्रिय बजारमा बढ्दा निगमको घाटा बढेको थियो । अब भने घाटा कम हुँदै जाने देखिएको छ ।

गत साउनदेखि मंसिरसम्ममा निगमले तीन अर्ब ८४ करोड घाटा व्यहोरेको छ । धेरै मूल्य बढाउँदा चर्को विरोध हुने भएपछि निगमले असोज १ गतेदेखि मूल्य समायोजन गरेको थिएन ।

Advertisement

Advertisement

Advertisement