‘निक इलेक्ट्रो टेक’ सम्पन्न, ८० हजारभन्दा बढिले अवलोकन गरेको भनाई

Advertisement

काठमाडौं । राजधानीको भृकुटीमण्डपमा सञ्चालन भइरहेको विद्युतीय सामग्रीहरुको प्रदर्शनी मंगलबार सम्पन्न भएको छ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा भएको यो प्रदर्शनी पाँच दिन सञ्चालन भएर आज सकिएको हो ।

विद्युतीय उत्पादन र यसको महत्वबारे उपभोक्तादेखि सरकारलाई जानकारी दिने, सरोकारवालाहरुलाई एकै थलोमा भेट गराउने, नेपालमै विद्युतीय सामग्रीहरुका उद्योगहरु खोल्न बाताबरण निर्माण गर्ने उद्देश्यले हरेक दुई बर्षमा हुँदै आएको इलेक्ट्रो टेकको यो नवौं प्रदर्शनी हो ।

‘आर्थिक समृद्धिको संवाहक ऊर्जा’ भन्ने नारासहित सुरु भएको यस मेलामा ८० हजार भन्दा धेरैले अवलोकन गरेको आयोजकको भनाई छ । मेलाको अन्तिम दिन उद्योग वाणिज्य महासंघको वस्तुगततर्फका उपाध्यक्ष उमेशलाल श्रेष्ठलगायतले अवलोकन गरेका थिए ।

यस पटकको मेलामा ७७ वटा स्टल रहेका थिए । मेलामा ट्रान्सफर्मर, डिष्ट्रिव्यूसन सामग्री, उर्जा आपूर्ति तथा नियन्त्रण यन्त्र, हाउस वायरिङ सामग्री, वायर, केबुल एवं कण्डक्टर, हाउसहोल्ड उपकरण, फिक्चर्स, इलेक्ट्रोनिक उपकरण, कार्यालय प्रविधि, बहुसञ्चार उपकरण, सूचना प्रविधि, वैकल्पिक ऊर्जा तथा अन्य विद्युतीय सामग्रीको प्रदर्शन गरिएको थियो ।

साथै, मेलामा नेपाली उद्योग, विदेशी ब्राण्ड र स्वदेशी ब्राण्ड विदेशी उत्पादित गरि तीन विधामा पुरस्कार वितरण गरिएको थियो । सो अवसरमा नेपाल उद्योग वाणिज्य महासंघका बस्तुगत तर्फका उपाध्यक्ष उमेशलाल श्रेष्ठले स्वदेशमै विद्युतीय सामग्रीहरुको उत्पादन गर्ने उद्योगहरु स्थापना हुनुपर्नेमा जोड दिए ।

Advertisement

Advertisement

Advertisement