मर्चेण्ट बैंकर र आर्थिक पत्रकार संघबीच पूँजीबजार सम्बन्धी अन्तरक्रिया

Advertisement

काठमाडौं । पूँजीबजार सम्बन्धी अन्तरक्रिया कार्यक्रम काठमाडौंमा शुक्रबार सम्पन्न भएको छ । नेपाल मर्चेण्ट बैंकर संघ र नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को संयुक्त आयोजनामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । पूँजीबजारका सम्बन्धमा कलम चलाईरहेका ३० जना पत्रकारहरुको सहभागीतामा सिद्धार्थ क्यापिटलको सभाहलमा भएको कार्यक्रममा संघका अध्यक्ष ध्रुव तिमिल्सिना र एनएमबी क्यापिटलका प्रमुख कार्यकारी अधिकृत श्रीजेश घिमिरेले सहजीकरण गरेका थिए ।

आर्थिक पत्रकारहरुलाई मर्चेण्ट बैंकरहरुका सम्बन्धमा भएको नीतिगत व्यवस्था र कार्य सम्पादनको विषयमा तिमिल्सिना र घिमिरेले प्रष्ट पारेका थिए । धितोपत्र बजारमा मर्चेण्ट बैंकरको गतिविधिले पनि महत्व राख्ने हुदाँ यस सँग सम्बन्धीत क्रियाकलापका सम्बन्धमा लेखिने समाचारमा अन्तरक्रियाले आगामी दिनमा केहि सहयोग गर्ने संघका अध्यक्ष तिमल्सिनाले बताए । आर्थिक पत्रकारहरुको क्षमता विकासका लागि नेपाल मर्चेण्ट बैंकर संघले आगामी दिनमा पनि नाफिज सँगको सहकार्यलाई निरन्तरता दिने प्रतिवद्धता समेत उनले ब्यक्त गरे ।

नाफिजका अध्यक्ष सिताराम भट्टराईले मर्चेण्ट बैंकरहरुको सहकार्यले यस क्षेत्रमा कलम चलाउने पत्रकारहरुको क्षमता विकासमा सहयोग पुग्नेमा विश्वस्त रहेको बताए । लामो समयदेखिको सहकार्यको अपेक्षा पुरा भएको समेत उनले जानकारी दिए । यो सहकार्यले पूँजीबजारमा मर्चेण्ट बैंकरहरुका सम्बन्धमा लेखिने समाचार तथ्यपरक हुनेमा विश्वास व्यक्त गरे ।

Advertisement

Advertisement

Advertisement