बाणिज्य बैंकहरुमा स्रोतको चरम अभावः एक अर्ब निक्षेप बढ्दा ११ अर्ब कर्जा लगानी

Advertisement

काठमाडौं । कात्तिक महिनामा पनि बैंक तथा वित्तिय संस्थाहरुलाई लगानी योग्य पुँजीको चरम अभाव नै देखिएको छ । कात्तिक महिनामा बाणिज्य बैंकहरुको निक्षेप जम्मा एक अर्बले वृद्धि भएको छ । तर कर्ज लगानी भने ११ अर्बले बढाएका छन् ।

असोज ३० गते २९ खर्ब ७३ अर्ब निक्षेप संकलन गरेका २८ वटा बाणिज्य बैंकहरुले त्यसको एक महिनापद्धि अर्थात कात्तिक २९ गते एक अर्बले बढाएर जम्मा २९ खर्ब ७४ अर्ब मात्रै पुर्याएका छन् । तर कर्जा लगानी भने ११ अर्बले वृद्धि गरेको देखिन्छ ।

तर असोज ३० गतेसम्म २६ खर्ब २९ अर्ब कर्जा लगानी गरेका बाणिज्य बैंकहरुले कात्तिक २९ गते आईपुग्दा २६ खर्ब ४० अर्ब कर्जा लगानी गरेका छन् । बाणिज्य बैंकहरु यतिबेला थप कर्जा लगानी गर्नै नसक्ने अवस्थामा पुगिसकेका छन् । आधा भन्दा बढी बाणिज्य बैंकहरुको सीडी रेसियो ७९ प्रतिशत हाराहारीमा पुगिसकेको छ ।

कात्तिक ८ गते बाणिज्य बैंकहरुको निक्षेप २९ खर्ब ५२ अर्बमा झरेको देखिन्छ । उता कर्जा भने २६ खर्ब ३२ अर्ब पुगेको देखिन्छ ।

Advertisement

Advertisement

Advertisement