माछापुच्छ्रे बैंकको सबै एटिएम तथा पीओएस मेशिनमा मास्टर कार्ड चल्ने

Advertisement

काठमाडौं । माछापुच्छ्रे बैंकको सम्पूर्ण एटिएम तथा प्वाइन्ट अफ सेल्सहरु (पीओएस मेशिन)मा अब मास्टर कार्ड स्वीकार हुने भएको छ । बैंक मास्टर कार्डको सञ्जालसँग आबद्ध भएसँगै ग्राहकलाई उक्त सुविधा उपलब्ध हुने भएको हो ।

सेवा सुचारु भएसँगै बैंकका ग्राहकले १७० भन्दा बढी एटीएममार्फत नगद निकाल्न तथा १ हजार भन्दा बढी पीओएस मेशिनमार्फत सामान खरीदको रकम भुक्तानी गर्न सक्नेछन् । मास्टर कार्डसँगै बैंकका सम्पूर्ण एटीएम र प्वाइन्ट अफ सेल्सहरुमा भीसा, यूनियन पे, मास्टरकार्ड र मेस्ट्रो कार्डहरु सजिलै प्रयोग गर्न सक्नेछन्। ।

माछापुच्छ्रे बैंक पुर्व देखि पश्चिम साथै हिमाल देखि पहाड, र तराईसम्म आफ्ना १४४ वटा शाखाहरु, १३७ शाखारहित बैकिङ सेवा समेत गरी जम्मा २८१ स्थानमा रहेका सेवा सञ्जाल तथा १७० वटा एटीएमहरु मार्फत बाट ग्राहकहरुलाई अत्याधुनिक प्रविधिसहित सम्पुर्ण बैंकिङ सुबिधा प्रदान गरीरहेको छ ।

Advertisement

Advertisement

Advertisement