‘फ्ल्यागसिप फाइभजी स्मार्टफोन’ सार्वजनिक गर्दै ओपो

Advertisement

काठमाडौं । ओपोले ‘फ्ल्यागसिप फाइभजी स्मार्टफोन’ सार्वजनिक गर्ने भएको छ । ओपोले डिसेम्बर ३ का दिन आयोजित बार्षिक क्वालकम स्न्यापड्रागन टेक समितिमा सन् २०२०को पहिलो क्वार्टरमा क्वालकम स्न्यापड्रागन ८६५ मोबाइल प्ल्याटफर्ममा आधारित फ्ल्यागशिप फाइभजी स्मार्टफोन सार्वजनिक गर्ने पहिलो मध्य एक कम्पनी हुने घोषणा गरेको हो ।

यही महिना सार्वजनिको तयारीमा रहेको नयाँ रेनोथ्री प्रो, क्वालकम टेक्नोलोजि, आईएनसीको नेक्स्ट जेनरेसन स्न्यापड्रागन ७६५ जी मोबाइल प्ल्याटफर्म, एकिकृत फाइभजी, डुअल मोड फाइभजी ह्याण्डसेट हुने ओपोले घोषणा गरेको छ।

ओपोले प्रिमियम फ्ल्यागशिप फाइभजी स्मार्टफोनमा क्यामेरा, गेमिङ र आर्टिफिसियल ईन्टेलिजेन्सी लगायतमा सुदृढ कार्यक्षमता पस्कने बताएको छ। स्न्यापड्रागन ७६५जी मोबाइल प्ल्याटफर्मबाट एकिकृत फाइभजी र ब्यूल्टअन ७ एमएम प्रोसेन प्रविधि, रेनोथ्री प्रोले उपभोक्ताले आशा गरेको भन्दा बढी फाइभजी अनुभव दिने बताइएको छ।

सन् २०१८मा ओपोले फ्ल्यागशिप फाइन्ड एक्स स्न्यापड्रागन ८४५का साथमा सार्वजनिक गरेको थियो। सन् २०१९मा ओपोले रेनो टेन र टेनएक्स हाइब्रिड जुम स्मार्टफोन, स्न्यापड्रागन ८५५ र रेनो एस स्न्यापड्रागन ८५५ प्लसका साथमा सार्वजनिक गरेको थियो।

फाइभजी तथा ईन्टेलिजेन्ट कनेक्टिभिटी वल्र्डको यो यूगमा ओपोले फाइभजी प्रविधि, उत्पादन अन्वेषण तथा प्रयोग परिस्थितीका क्षेत्रमा लगानीलाई निरन्तरता दिने छ । भक्वालकम लगायत उद्योगका अन्य पार्टनर्सका साथमा ओपोले विश्वभरका प्रयोगकर्ताका लागि फाइभजीका उपयोगिता र सम्भावना अन्वेषणलाई पनि निरन्तरता दिँदै जानेछ ।

Advertisement

Advertisement

Advertisement